अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वका प्रमुख समस्याको जड इरानका शिया धर्मगुरु र उनीहरूको विस्तारवादी मानसिकता भएको आरोप लगाएका छन् ।
वासिङ्टन डीसीमा आयोजित सन् २०२६ को राष्ट्रिय वकिल सम्मेलनलाई सम्बोधन गर्दै रुबियोले मध्यपूर्वका ‘हरेक प्रमुख समस्या’ इरानका शिया धर्मगुरु र उनीहरूको विस्तारवादी सोचका कारण उत्पन्न भएको बताएका हुन् ।
यमनका हुथी विद्रोही, इराकका शिया लडाकु समूह, सिरियाका पूर्वराष्ट्रपति बसर अल असदका समर्थक तथा लेबनानको हिजबुल्लाहलाई उदाहरण दिँदै उनले यी सबैको साझा सम्बन्ध इरानसँग रहेको दाबी गरे ।
‘यो इतिहासकै एउटा असाधारण खतरा हो, जसलाई बेवास्ता गर्न सकिँदैन,’ रुबियोले भने ।