मुख्य समाचार
मन्त्री सस्मित पोखरेलले जलवायु शिक्षालाई विद्यालय तहको पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताए
मन्त्री सस्मित पोखरेलले जलवायु शिक्षालाई विद्यालय तहको पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताए

। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु शिक्षालाई विद्यालय तहको पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् ।

टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–३१) अन्तर्गत मन्त्रीस्तरीय समूहगत छलफलमा सहभागी हुँदै मन्त्री पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुनर्संरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई समावेश गर्न लागेको बताएका हुन् ।

उनले नेपालले शिक्षा प्रणालीमार्फत जलवायु अनुकूलनको दीर्घकालीन आधार तयार पारिरहेको जानकारी दिए ।

छलफलका क्रममा मन्त्री पोखरेलले जलवायु सङ्कटका कारण शैक्षिक क्षेत्र दोहोरो मारमा परेको विश्लेषण प्रस्तुत गरेका थिए ।


एकातर्फ हिमालमा हिमताल विस्फोट, पहाडमा पहिरो तथा तराईमा बाढी र अत्यधिक तापक्रम (हिट वेभ) का कारण पठनपाठन अवरुद्ध भइरहेको छ भने अर्कातर्फ विगतमा विपद् जोखिम मूल्याङ्कन नगरी बनाइएका भौतिक संरचना असुरक्षित बनेको उनले बताए ।

केही महिनाअघि नेपालमा नदीको सतह सामान्य उचाइभन्दा निकै माथिसम्म पुगी केही सेकेन्डभित्रै बस्तीसहित विद्यालय भवनमा क्षति पुगेको उदाहरण दिँदै उनले अब यी कुराहरूको मूल्याङ्कनमा आधारित पूर्वाधार विकास अपरिहार्य भएको बताए ।

यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाका ९० वटा विद्यालयमा गरिएको सफल परीक्षण (पाइलट प्रोजेक्ट) को सिकाइका आधारमा हाल देशभरका करिब २७ हजार सामुदायिक विद्यालयको भौतिक संरचना, विपद् जोखिम र राष्ट्रिय भवन संहिताअनुसार न्यूनतम ६० प्रतिशत खुला क्षेत्र भए/नभएको विस्तृत अध्ययन भइरहेको उनले जानकारी दिए ।

उक्त अध्ययनपछि बन्ने गुरुयोजना (मास्टर प्लान) ले सुरक्षित विद्यालय निर्माण गर्नुका साथै राज्यको स्रोतसाधनको दिगो व्यवस्थापन गर्ने उनको भनाइ थियो ।

जलवायु परिवर्तनको दीर्घकालीन प्रभावबाट विश्वका कुनै पनि सभ्यता अछुतो नरहने भएकाले वैचारिक विभाजनभन्दा माथि उठेर शैक्षिक र वैज्ञानिक सहकार्यमार्फत विश्व समुदाय एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडि दुई पक्षबीच झगडा भएपछि भीमदत्त नगरपालिका–५ का ५ जना र भीमदत्त नगरपालिका–१७ का एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीकाअनुसार पक्राउ ...
: पार्टीको समानान्तर महाधिवेशनको तयारीमा जुटेको कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंसिर ५ बाट प्रदेश अधिवेशन गर्ने जनाएको छ। सभापति गगन थापा नेतृत्वको महाधिवेशनलाई अवैधानिक भन्दै देउवा पक्षले १५औं महाधिवेशनको तयारी गरिरहेको छ। वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्दै प्रदेश अधिवेशनको तयारीमा रहेको देउवा पक्षले आगामी २१ देखि ...
: पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । आइतबार बिहान करिब ६:४० बजे धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो । दुर्घटनामा परी घाइते भएका २५ जनाकै अवस्था सामान्य तथा मध्यम रहेको प्रहरीले जनाएकाे छ। ...
: प्रकृतिप्रति श्रद्धा, शुद्धता र सामाजिक सद्भावको अनुपम पर्व मानिने ‘छठ’ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भएको छ। चार दिनसम्म कठोर व्रत र निष्ठाका साथ मनाइने यस पर्वको मुख्य आकर्षणका रूपमा हिजो साँझ अस्ताउँदो र आज बिहान उदाउँदो सूर्यलाई विशेष पूजासहित अर्घ्य अर्पण गरिएको हो। चतुर्थी तिथिमा ‘नहाय–खाय’ विधिबाट सुरु भएको यस व्रतमा बर्तालुहरूले ...
। आगामी २–३ मंसिरमा हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीलाई नेकपा एमालेले तीव्र बनाएको छ । केन्द्रीय कार्यालय च्यासलमा दिनहुँ भेला तयारी बैठक चलिरहेको छ । वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेलाको तयारीकै सन्दर्भमा आइतबार च्यासल पुगेकी थिइन् । उनले भेलाको संयोजन गरिरहेका नेता भानुभक्त ढकाल र केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारी लगायत नेताहरूसँग तयारीबारे जानकारी ...