मुख्य समाचार
रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते
रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते

। मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

रारा ताल जाने पर्यटक बोकेर जाँदै गरेको बा १७ च १८६४ नम्बरको स्कोरपियो आइतबार साँझ करिब ४ बजे रारा जाने सडकको जिरो प्वोइन्टबाट करिब एक सय मिटर अगाडि दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार दुर्घटनाका बेला स्कोरपियोमा पाँच जना सवार थिए। तीमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रवीराज थपलियाका अनुसार घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याउने तयारी भइरहेको छ।


दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको पहिचान र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आगामी २–३ मंसिरमा हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीलाई नेकपा एमालेले तीव्र बनाएको छ । केन्द्रीय कार्यालय च्यासलमा दिनहुँ भेला तयारी बैठक चलिरहेको छ । वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेलाको तयारीकै सन्दर्भमा आइतबार च्यासल पुगेकी थिइन् । उनले भेलाको संयोजन गरिरहेका नेता भानुभक्त ढकाल र केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारी लगायत नेताहरूसँग तयारीबारे जानकारी ...
: नोभेम्बर ९ देखि टर्कीमा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपालबाट ५ जना मन्त्री सहभागी छन्। परराष्ट्रमन्त्री शिशिर खनाल र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोपमा सहभागिता जनाउने निर्णय सरकारले सार्वजनिक गरेको थियो। तर, अर्थमन्त्री स्वर्णिम वाग्ले, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता पनि कोपमा सहभागी भएका छन् । ...
। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको नाम जोडिएका घटनाबारे नेपाल बार एसोसिएसनले गठन गरेको अध्ययन समिति काम अघि बढाउन नसक्ने अवस्थामा पुगेको छ । १६ कार्तिकमा बारको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले गठन गरेको पाँच सदस्यीय समितिमध्ये संयोजक सहित तीन जनाले आफू समितिमा बस्न नसक्ने लिखित जानकारी गराएका हुन् । संयुक्त ...
। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर भएको छ । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षण गर्न पार्टीका नेता–कार्यकर्ता खुलामञ्चमा जुटेका छन् । महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेपछि त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै आलोचना भएको ...
। भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ । यो रेल सेवा रामायणसँग सम्बन्धित दुई महत्वपूर्ण स्थल जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुनेछ । जनकपुरधामलाई सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा लिइन्छ । भारतको रेल मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न ...