मुख्य समाचार
लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले हराउँदै सुखद् अन्त्य
लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले हराउँदै सुखद् अन्त्य

: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले हराउँदै सुखद् अन्त्य गरेको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा २२४ रन बनाएको हो।

पोखराले दिएको २२५ रनको बलियो लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रन बनाउँदै अलआउट भएको हो। काठमाडौं गोर्खाजको लागि ओपनर साहिल पटेलले सर्वाधिक ३४ रन बनाए। उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। पहिलो विकेटको रुपमा भिम सार्की ८ रनमा एलबीडब्ल्यू आउट भए। दोस्रो विकेटको रुपमा अर्का ओपनर साहिल पटेलको विकेट गयो। दोस्रो विकेटको लागि साहिल र विलियम बोसिस्टोसँग ६० रनको साझेदारी गरेका थिए। बोसिस्टोले २६ रन बनाए। तेस्रो विकेटको रुपमा विलियम पेभेलियन फर्किए। चौथो विकेट सहान अर्राच्चिगे सस्तैमा पेभेलियन फर्किए। जहानदाद खानले २४ रन बनाउँदा रासिद खान ३१ रन बनाउँदै बाउन्ड्रीमा कुशल भुर्तेलको हातमा क्याच भए। करण केसी र सन्तोष यादव डकआउट भए। सोनु देवकोटाले २९ रन बनाउँदै अन्तिम विकेटको रुपमा क्याच भए।

काठमाडौं गोर्खाजको ब्याटिङ धरापमा पार्न पोखरा एभेन्जर्सको लागि बलिङतर्फ, दिनेश खरेलले सर्वाधिक ४ विकेट लिए। विपिन खत्रीले ३ विकेट लिँदा सन्नी विक, युवराज सम्रा र रमेश मेन्डिसले १–१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको पोखरा एभेन्जर्सका लागि वान डाउन आएका कुशल भुर्तेलले सर्वाधिक ९९ रन बनाए। उनले ५१ बलमा समान ८ चौका र ८ छक्का प्रहार गरे। कुशल भुर्तेल र युवराज सम्राले दोस्रो विकेटको लागि १८६ रनको साझेदारी गरे। हालसम्म एनपीएलमा बनेको सबैभन्दा ठूलो साझेदारी पनि यहि हो। यसअघि, पोखरा एभेन्जर्सका आन्द्रेस गोउस र दिनेश खरेलले सन् २०२४ को पहिलो संस्करणमा १७६ रनको साझेदारी गरेका थिए। ओपनर युवराज सम्राले ८९ रन बनाए। पोखराले पहिलो विकेटको रुपमा अर्का ओपनर अर्जुन कुमालको विकेट गुमायो। उनी ५ रनमै पेभेलियन फर्किएका थिए। कप्तान चमिका करुणारत्ने १९ र धनन्जय लक्सन २ रनमा अविजित रहे। काठमाडौैं गोर्खाजको लागि कप्तान करण केसीले सर्वाधिक २ विकेट लिए। जाहानदाद खानले १ विकेट लिए।

अन्तिम खेलमा पोखराले बनाएको रेकर्ड
लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजविरुद्ध खेलेको पोखरा एभेन्जर्सको नाममा आज २ रेकर्ड दर्ता भए। पोखराले एनपीएल इतिहासकै सर्वाधिक योगफल २२४ रन बनायो। यो रेकर्ड बनाउन पिचमा आक्रमक प्रदर्शन गरेका ओपनर युवराज सम्रा र वान डाउन आएका कुशल भुर्तेलले दोस्रो विकेटको लागि १८६ रनको साझेदारी बनाए। यो एनपीएलमा बनेको सर्वाधिक रनको साझेदारी हो।

कुशल भुर्तेल एनपीएलको इतिहासमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्नलाई १ रनले पछि परे। उनी ९९ रन बनाउँदै एनपीएलमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बने। यसअघि, लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले ९५ रन बनाएका थिए। रोहितले पहिलो संस्करणको एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध ९५रनको पारी खेलेका थिए। विराटनगर किंग्सका लोकेश बमले पनि ८७ रन बनाएका थिए। लोकेशले भने जारी संस्करणमा नै कर्णाली याक्सविरुद्ध ८७ रनको पारी खेलेका थिए।

स्पष्ट बन्यो प्लेअफ समीकरण
तेस्रो संस्करणको एनपीएलको प्लेअफ पुग्ने ४ टोलीको टुंगो लिगको अन्तिम खेल अघि नै टुंगो लागेको थियो। तर शिर्षमा रहेको लुम्बिनी लायन्ससँग क्वालिफायरमा खेल्ने टोली र चितवन राइनोजसँग एलिमिनेटरमा खेल्ने टोलीको कोटा भर्न भने लिगको अन्तिम खेल नै कुर्नु परेको हो।

शिर्ष २ मा रहेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर खेल्नेछन् । पहिलो क्वालिफायर मंगलबार हुनेछ। जसमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससाग खेल्नेछ। लिगको अन्तिम खेलमा पोखरा एभेन्जर्ससस्ँग हारेको काठमाडौंले चितवन राइनोजसँग एलिमिनेटर खेल्नेछ। एलिमिनेटर बुधबार हुनेछ।

काठमाडौं र चितवनको विजेताले पहिलो क्वालिफायरमा हारेको टिमसँग खेल्नेछ। दोस्रो क्वालिफायर बिहीबार हुनेछ। एनपीएल तेस्रो संस्करणको फाइनल खेल २१ नोभेम्बर (शनिबार) हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा)ले संघको विधानमा व्यवस्था भएबमोजिम नियमित अधिवेशनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बसेको बहुमत सदस्यहरूको बैठकले अर्ली इलेक्सन गर्ने १६ पुसको निर्णय बदर गर्ने निर्णय गरेको हो । उक्त बैठकले संघको विधानमा व्यवस्था भएबमोजिम नियमित निर्वाचनको प्रकृया अगाडि बढाउने निर्णय गरेको एन्फाका निमित्त महासचिव दामोदर भट्टराईले ...
। हुसेन तलतको अलराउन्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । यसअघि नै प्लेअफ होडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेल जित्दै प्रतियोगिता सकाएको हो । सुरुवाती दुई खेल जितेको कर्णालीले त्यसपछि लगातार चार खेल हारेको थियो । उता चितवनले भने यस खेलअघि नै प्लेअफमा ...
। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ। परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार छनोट हुन बाँकी खेलका प्रतियोगिता कात्तिक २७ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुने छन्। यसअघि सम्बन्धित खेल संघ तथा महासंघबाट खेलाडी छनोट भइसकेका ...
। श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन्। उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनै प्रारूपमा खेलेका छन्। दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन्। यस क्रममा उनले एक ...
: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्कणको लिग चरणको २४ औं खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफ प्रवेश गरेको हो। लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफ पुग्ने दोस्रो टोली बन्यो। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ६ विकेट गुमाएर १२५ रन बनाएको थियो। ...