मुख्य समाचार
भीमफेदी कारागारका ५१ कैदीबन्दीले छठ मनाउँदै
भीमफेदी कारागारका ५१ कैदीबन्दीले छठ मनाउँदै

— क्षेत्रीय कारागार भीमफेदीका ५१ जना कैदीबन्दी छठ पर्व मनाउने तयारीमा जुटेका छन् । भीमफेदी कारागारमा कैदीबन्दीले छठ पर्व मनाउन लागेको यो पहिलो पटक हो ।

विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा रहेका एक महिलासहित ५१ जना कैदीबन्दीले कारागारभित्रै छठ पर्व मनाउन लागेका हुन् ।

तीनवटा ब्लक रहेको उक्त कारागारमा ‘क’ ब्लकका ३२ जना, ‘ख’ ब्लकका १८ जना र महिला ब्लककी एक महिलाले छठ पर्व मनाउने तयारी गरेको जेलर पुष्कर रानाले बताए । ‘छठ पर्व मनाउन आवश्यक पर्ने सामग्रीको व्यवस्था गरिदिएका छौं,’ उनले भने ।

जेल प्रशासनले कैदीबन्दीको धार्मिक आस्थाको सम्मान गर्दै उनीहरूलाई कारागारभित्रै छठ पर्व मनाउने व्यवस्था मिलाएको हो । ‘आ–आफ्नो ब्लकमा छुट्टाछुट्टै रूपमा पर्व मनाउने प्रबन्ध गरिदिएका छौं,’ जेलर रानाले भने । कैदीबन्दीले शान्तिपूर्ण र श्रद्धापूर्वक छठ पर्व मनाउन जेल प्रशासनले सहयोग गरेको उनले बताए । कैदीबन्दीलाई यो पर्व मनाउन सरकारले छुट्टै आर्थिक सुविधा भने उपलब्ध गराएको छैन ।

कारागारभित्रै धार्मिक विधिअनुसार छठ मनाउने व्यवस्था भएपछि कैदीबन्दीले पनि आफ्नो आस्था र परम्परालाई निरन्तरता दिन पाएका छन् ।

भीमफेदी कारागारमा महिला कैदीबन्दी ५५ जना छन् भने पुरुष कैदीबन्दी दुईवटा ब्लकमा ९ सय ३५ जना छन् । तीमध्ये तराई–मधेशका करिब २ सय जनाभन्दा बढी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जयन्ती मेमोरियल ट्रस्टले नेपालमा मुटुरोगको उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित स्थापना भएको २५ वर्ष पूरा गरेको छ । सन् २००१ अगस्टमा स्वर्गीय राजकुमारी जयन्ती शाहको स्मृतिमा स्थापना भएको ट्रस्टले दुई दशकभन्दा बढी समयदेखि आर्थिक तथा भौगोलिक रूपमा स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका बिरामीलाई मुटुसम्बन्धी उपचारमा सहयोग गर्दै आएको छ । ट्रस्टका अध्यक्ष श्रृजना राणाका अनुसार यस ...
— प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद आइतबार १२ दिने चीन भ्रमणमा निस्किएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा गएको टोलीले दुई देशबीच पार्टीगत सम्बन्ध विस्तार, लगानीका अवसर र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने रास्वपाका नेताहरूले बताएका छन् । भ्रमणको नेतृत्व सुरुमा रास्वपा सभापति रवि ...
— चीन भ्रमणका क्रममा दुई देशको आपसी सम्बन्धका विषयमा मात्रै केन्द्रित हुन सत्तारूढ रास्वपा सभापति रवि लामिछानेले आफ्ना सांसदलाई निर्देशन दिएका छन् । महामन्त्री विपिन आचार्यको नेतृत्वमा आइतबारदेखि १२ दिने चीन भ्रमणमा जान लागेका रास्वपाका २० सदस्यीय संसदीय प्रतिनिधिमण्डलसँग शनिबार छलफल गर्दै पार्टी सभापति लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीसँग रास्वपाको सम्बन्ध र त्यहाँको विकासलगायत विषयमा अध्ययन गर्न ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको स्वेच्छाचारिता र अधिनायकवादी प्रवृत्तिविरुद्ध आन्दोलनमा उत्रिन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । एमाले सिद्धियो भन्ने भाष्य चिर्नसमेत आन्दोलन र निर्वाचन दुवै मोर्चाबाट पार्टीको शक्ति प्रदर्शन गर्नुपर्ने ओलीले बताएका छन् । बागमती प्रदेश संगठन कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले सरकारका गतिविधिले मुलुकलाई असंवैधानिक बाटोतर्फ लगेको टिप्पणी गरे । उनले आन्दोलनका लागि तयार ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रकृति र आस्थाको महान् पर्व छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सूर्यदेव र छठी माताको आराधनाले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने ...