मुख्य समाचार
मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान
मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान

: मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि आह्वान गरिएको जानकारी दिएको हो।

प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गरिएको हो ।

संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बर्दियामा मिनीफोर्स गाडी र भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् । गुलरियाबाट नेपालगञ्जतर्फ गइरहेको बा ५ ख ५६०५ नम्बरको मिनीफोर्स गाडी र विपरीत दिशाबाट आइरहेको सीएच ०१ सीएच ९४३७ नम्बरको भारतीय मोटरसाइकल गुलरिया नगरपालिका–११, लालपुरस्थित हुलाकी सडक खण्डमा एकआपसमा ठोक्किएर दुर्घटना भएको ...
: नेपाली कांग्रेस देउवा पक्षका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको विवाद र नेतृत्वप्रतिको आलोचनाले कसैको राजनीतिक उचाइ नबढ्ने बताएका छन्। शनिबार दोलखा सदरमुकाम चरिकोटमा आयोजित पार्टीको १५औँ नियमित जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले गगन थापाको नाम नलिई कसैको आलोचना गरेर आफ्नो उचाइ बढाउन खोज्नुको अर्थ नरहेको बताए। आलोचनाभन्दा संगठन निर्माण र पार्टीलाई बलियो बनाउने काममा ...
: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने बताएका छन्। शनिबार पार्टी कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारका गलत कामलाई रोकेर जनतामाझ जानुपर्ने आवश्यकता रहेको बताए। 'एमाले सिद्धियो' भन्ने कुरालाई गलत प्रमाणित गर्न आन्दोलन र निर्वाचनमार्फत देखाउनुपर्ने उनको भनाइ छ। उनले देशको सबैभन्दा सही ...
: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले अदालतबाट आफूहरूलाई न्याय हुने बताएका छन्। शनिबार ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पार्टीको आधिकारिकताका सन्दर्भमा सर्वोच्च अदालतले अन्तिम निर्णय गर्दा निष्पक्ष रूपमा गर्ने विश्वास व्यक्त गरेका छन्। ‘मलाई विश्वास छ, न्याय हुन्छ, हुन्छ, हुन्छ। यो पार्टी हाम्रो हो, हाम्रै रहन्छ, कतै जाँदैन,’ देउवाले भने। उनले राजाको पालामा समेत ...
: उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ महापर्व नेपाली समाजको एक अद्वितीय सांस्कृतिक अनुष्ठान भएको बताएका छन्। छठ महापर्व, २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै यादवले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। छठले मानव, प्रकृति र सृष्टिबिचको गहिरो सम्बन्धलाई जीवन्त रूपमा अभिव्यक्त गर्ने यादवको भनाइ छ। सूर्यलाई प्रत्यक्ष जीवनदाता ...