मुख्य समाचार
दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेकोप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति
दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेकोप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति

: दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेकोप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्। नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले व्यवसायिक उत्पादन बैशाखदेखि नै हुनुपर्नेमा सरकारले प्रक्रिया अगाडि नबढाएको भन्दै आपत्ति जनाएका हुन्।

उनले खानीबाट नेपालले अर्बौं लाभ लिन सक्ने भएपनि सरकारले काम रोकेको बताए। ओलीले भने,‘कुनै काम हुन नसक्ने गरी रोक लगाइएको छ। कतिपय विकास निर्माणका काम रोकिएको छ र ठेक्का रद्ध गरिएको छ।’

उनले एमाले इमानको प्रतिमूर्ति हुनुपर्नेमा पछिल्लो समय त्यो देखिन छाडेको र स्वार्थ अनुसार अगाडि बढ्ने गरेको बताए। उनले अरुलाई आलोचना गर्दा गर्दै एमाले भित्रको अवस्था कस्तो भएको छ मूल्याङ्कन गर्नुपर्ने र प्रतिबद्ध हुनुपर्ने दोहोर्‍याए।

अध्यक्ष ओलीले अहिले नेता धेरै तर काम हुने गरेको बताए। उनले पहिले नेता कम भएपनि काम हुने र नेता-कार्यकर्ता जनताका बीचमा हुने गरेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने बताएका छन्। शनिबार पार्टी कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारका गलत कामलाई रोकेर जनतामाझ जानुपर्ने आवश्यकता रहेको बताए। 'एमाले सिद्धियो' भन्ने कुरालाई गलत प्रमाणित गर्न आन्दोलन र निर्वाचनमार्फत देखाउनुपर्ने उनको भनाइ छ। उनले देशको सबैभन्दा सही ...
: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले अदालतबाट आफूहरूलाई न्याय हुने बताएका छन्। शनिबार ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पार्टीको आधिकारिकताका सन्दर्भमा सर्वोच्च अदालतले अन्तिम निर्णय गर्दा निष्पक्ष रूपमा गर्ने विश्वास व्यक्त गरेका छन्। ‘मलाई विश्वास छ, न्याय हुन्छ, हुन्छ, हुन्छ। यो पार्टी हाम्रो हो, हाम्रै रहन्छ, कतै जाँदैन,’ देउवाले भने। उनले राजाको पालामा समेत ...
: उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ महापर्व नेपाली समाजको एक अद्वितीय सांस्कृतिक अनुष्ठान भएको बताएका छन्। छठ महापर्व, २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै यादवले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। छठले मानव, प्रकृति र सृष्टिबिचको गहिरो सम्बन्धलाई जीवन्त रूपमा अभिव्यक्त गर्ने यादवको भनाइ छ। सूर्यलाई प्रत्यक्ष जीवनदाता ...
: नुवाकोटको पूर्वी भेगमा रहेको तादीखोलामा शनिबार बेलुकी एक बालक मृत अवस्थामा फेला परेका छन्। उनी शुक्रबारदेखि घरबाट हराइरहेका थिए। पञ्चकन्या गाउँपालिका–२, बेसीकठेरीस्थित तादीखोलामा ५ वर्षीय सज्जल राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। शुक्रबार बेलुकी ४ बजेदेखि हराइरहेका राईको शव फेला परेपछि विशेष रूपमा अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक ...
: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत नलिँदै राजीनामा दिने घोषणा गरेका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । गत मंसिर १९ गते मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका यादवले विश्वासको मत पाउने अवस्था नदेखेपछि राजीनामा घोषणा गरेका हुन् । सभामुख रामअशिष ...