: नुवाकोटको पूर्वी भेगमा रहेको तादीखोलामा शनिबार बेलुकी एक बालक मृत अवस्थामा फेला परेका छन्।
उनी शुक्रबारदेखि घरबाट हराइरहेका थिए। पञ्चकन्या गाउँपालिका–२, बेसीकठेरीस्थित तादीखोलामा ५ वर्षीय सज्जल राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। शुक्रबार बेलुकी ४ बजेदेखि हराइरहेका राईको शव फेला परेपछि विशेष रूपमा अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।
राईको शव घरदेखि चार सय मिटर तल फेला परेको हो। उनी स्थानीय नवबिहानी बाल विकास केन्द्र, बेसीकठेरी राईथोकको नर्सरीमा अध्ययनरत थिए । घटनास्थल खरानीटार बजारदेखि ७ किलोमिटर पश्चिममा पर्दछ ।
बालकको शव पोस्टमार्टमका लागि त्रिशूली अस्पतालमा राखिएको छ ।