मुख्य समाचार
नेपाली समुदायले एकैदिन गोर्खाली सैनिकहरूको वीरताको स्मरण गर्दै देउसी–भैलो खेलेर तिहार मनाए
नेपाली समुदायले एकैदिन गोर्खाली सैनिकहरूको वीरताको स्मरण गर्दै देउसी–भैलो खेलेर तिहार मनाए

— बेलायतको रश्मूर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले एकैदिन गोर्खाली सैनिकहरूको वीरताको स्मरण गर्दै देउसी–भैलो खेलेर तिहार मनाएका छन् ।

ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) को आयोजनामा यस वर्ष पहिलोपटक उनीहरूले कुकुर तिहारसमेत मनाएका छन् । रश्मूर क्षेत्रको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा नोभेम्बर ७ मा रिमेम्बरेन्स डे (स्मृति दिवस) को औपचारिक कार्यक्रम आयोजना गरी वीर गोर्खालीको योगदान, इतिहास र वीरताको स्मरण गरिएको थियो । अल्डरसटमै पहिलोपटक कुकुर तिहार मनाइएको थियो भने फर्नबरोमा देउसी–भैलो विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) की अध्यक्ष लीला सेलिङ माबो लिम्बूले नेपाली इतिहास, पहिचान र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई मौलिक परम्परासँग जोड्न नेपाली र बेलायती समुदायमाझ कार्यक्रम आयोजना गरिएको बताइन् ।

प्रिन्सेस गार्डेनमा आयोजित रिमेम्बरेन्स डे कार्यक्रममा युद्धमा जीवन उत्सर्ग गर्ने सैनिक तथा गोर्खाली योद्धाहरूको साहस, त्याग र योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा पुष्पहार अर्पण, मार्चपास तथा स्मारकमा श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, अल्डरसट तथा फार्नबरो क्षेत्रका सांसद एलेक्स बेकर, रश्मूरका मेयर पिटर कलम, उपमेयर जीव बेल्वासे, काउन्सिल नेता गारेथ विलियम्स, उपनेता सोफी पोर्टर, अल्डरसट ग्यारिसनका कमान्डर, क्विन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्टका गोर्खा मेजर, रेजिमेन्टल सार्जेन्ट मेजर, नेपाली राजदूतावासका रक्षा सहचारी तथा सैनिक प्रतिनिधिलगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेपालबाट पहिलोपटक भिक्टोरिया क्रस प्राप्त गर्ने वीर गोर्खाली राइफलम्यान स्व. कुलवीर थापाको स्मारकमा पुष्पहार अर्पण गरी उनको वीरता र योगदानको स्मरण गरिएको थियो । भिक्टोरिया क्रस विजेता स्व. राइफलम्यान गजे घलेका परिवारका सदस्यहरूको समेत उपस्थिति थियो ।

त्यही दिन नेपाली परम्परालाई बेलायती समुदायमाझ परिचित गराउने उद्देश्यले अल्डरसटस्थित युनियन यार्डमा पहिलोपटक कुकुर तिहार आयोजना गरिएको अध्यक्ष लिम्बूले बताइन् । कार्यवाहक राजदूत दुवाडीले कुकुरको घाँटीमा परम्परागत फूलको माला पहिर्‍याएर पूजा सुरु गरेका थिए । नेपाली र बेलायती समुदायका सहभागीले कुकुरलाई नेपाली परम्पराअनुसार टीका र फूलको माला लगाइदिएका थिए ।
त्यसै दिन फार्नबरोमा नेपाली लोकसंस्कृति र परम्पराको रौनकसहित देउसी–भैलो खेलिएको थियो । फार्नबरोस्थित सेन्ट मार्क चर्चमा ग्रेटर रश्मूर नेपाली कम्युनिटी र यूएचएसबी मगर युवा समूहको सहकार्यमा पहिलोपटक देउसी–भैलो तथा तिहार विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

बेलायतमै जन्मिएर हुर्किरहेका नेपाली बालबालिका तथा युवापुस्तालाई आफ्नो भाषा, कला, संस्कृति र मौलिक परम्परासँग जोडिराख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष लिम्बूले बताइन् ।


कार्यक्रममा युवायुवतीले परम्परागत नेपाली नृत्य, गीत, देउसी–भैलो तथा विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । नेपाली लोकसंस्कृतिको संरक्षणसँगै नयाँ पुस्तामा रहेको प्रतिभा उजागर गर्ने अवसरका रूपमा कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

‘विदेशमा जन्मिएर हुर्किएका युवायुवतीले आफ्नै भाषा, भेषभूषा र परम्परामा आधारित सांस्कृतिक प्रस्तुति दिनुले नेपाली पहिचानको पुस्तान्तरणमा सहयोग पुग्नेछ,’ उनले भनिन् । एकैदिन तीनवटा कार्यक्रम सफलतापूर्वक आयोजना गर्न सहयोग गर्ने सबैप्रति उनले धन्यवाद दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको अभियोगमा दोषी ठहर गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । सीएनएनका अनुसार भट्टले आफ्नी पत्नीको हत्या गरेको अभियोग अस्वीकार गर्दै आएकामा जुरीले उनको दाबी अस्वीकार ...
। भूतपूर्व ब्रिटिश गोर्खाहरू आफ्नो समान अधिकार सुनिश्चित गर्न एकपटक पुनः तातेका छन् । भूतपूर्व गोर्खाहरूले अन्तिम दबाब स्वरूप नेपाल र बेलायत सरकारसँग छलफल जारी राख्दै आफ्ना माग पूरा नभए फेरि सशक्त आन्दोलनको चेतावनी दिएका छन् । काठमाडौंमा परराष्ट्रमन्त्री शिशिर खनाललाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा यता लन्डनस्थित दूतावासमा समेत छलफल भएको छ । नेपाल सरकारले भूतपूर्व गोर्खा मुद्दाको समाधानका ...
। नेपाली मूलका अस्ट्रेलियन प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त गरेका छन्। उनको अदम्य साहस र कर्तव्यनिष्ठाको कदर गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले संघीय संसद्‌को प्रश्नोत्तर समयमामा प्रशंसासमेत गरेका छन्। अस्ट्रेलियाको पुलिस फेडेरेसनले बुधबार क्यानबेरामा आयोजित एक समारोहमा भारतीलाई उक्त सम्मान प्रदान गरेको हो। न्यु साउथ वेल्स (एनएसडब्लु) प्रहरीअन्तर्गत ‘बर्रउड पुलिस ...
। न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन सास्ती भोग्न बाध्य भएका छन्। त्यहाँ नेपाली दूतावास नहुँदा र राहदानी छपाइमा देखिएको भनिएको प्राविधिक समस्या लम्बिँदा नेपालीहरू ठूलो आर्थिक भार र प्रशासनिक झन्झटमा परेका हुन्। आधारभूत कन्सुलर सेवा लिन अस्ट्रेलिया वा नेपालसम्मै पुग्नुपर्ने अवस्था आएपछि न्युजिल्यान्डस्थित नेपाली समुदायका अगुवाहरूले नेपाल ...
: साउदी अरबमा पछिल्लो सुरक्षा तनाव र हुथी आक्रमणको प्रभावले नेपाल फर्किने र साउदी जाने तयारीमा रहेका नेपाली श्रमिक तथा यात्रु समस्यामा परेका छन्। नियमित उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले केही समयका लागि उडान रद्द गरेपछि चाडपर्वको मुखमा स्वदेश फर्किन खोज्ने नेपाली थप अन्योलमा परेका छन्। रियादबाट नेपालका लागि हुने नियमित उडान रद्द ...