मुख्य समाचार
दोधारा चाँदनी झोलुंगे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी
दोधारा चाँदनी झोलुंगे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी

— दोधारा चाँदनी झोलुंगे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी भएपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने क्रम घट्दै गएको छ ।

'पुलको एउटा पिल्लर भत्किएपछि हाम्रो त मुखमै ताला लगाएजस्तो भयो,' होटल व्यवसायी मोहनबहादुर सिंहले भने, 'स्थानीय प्रशासनले पुलको दुवैतर्फ ताला लगाएको छ । हिँडडुल पूर्ण रुपमा बन्द हुँदा व्यापार व्यवसाय धरायासी बन्यो ।'

पुल भत्किएपछि आएको प्राविधिक टोलीले पुल निर्माणमा रु २० करोड लागत लाग्नुका साथै पुल निर्माण सक्न एक वर्ष लाग्ने अनुमानसहितको प्रतिवेदन पेस गरेको छ ।

'दसैँ तिहारका बेला यहाँ पर्यटकको आवागमन धेरै हुँदा हाम्रो पनि वर्षभरिको कमाइ यही बेला हुन्थ्यो,' सिंहले भने, 'अझै पनि चार लेनको पुल हुँदै झोलुङ्गे पुल हेर्न आउँछन् तर हेर्ने वातावरण तयार भएको छैन ।' उहाँले दूरीका हिसाबले छोटो पर्ने भएकाले दुई पाङ्ग्रे सवारीसाधन र दोधारा चाँदनीका स्थानीय पैदलयात्रा झोलुङ्गे पुलबाट गर्ने गरेका थिए ।

यहाँको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहराले चाडपर्वका बेला भरिभराउ हुने झोलुङ्गे पुल यो पटक भने सुनसान रहेको बताए । दसैँ तिहारका बेला दैनिक दुईदेखि तीन हजार पर्यटक यहाँ अवलोकनका लागि आउने गरेका उनको भनाइ छ ।

'पुल भत्किएका बेला अवस्था बुझ्न जनप्रतिनिधिदेखि राजनीतिज्ञसम्म यहाँ आउनुभयो,' उनले भने, 'तर स्थलगत रुपमा पुल पुनर्निर्माणको कुनै सुरसार देखिएको छैन ।' पुल पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु एक करोड विनियोजन गरेको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले पुल पुनर्निर्माण तत्काल अघि बढाउनुपर्ने बताए । 'पुल समयमा नबने यहाँ पर्यटक आवागमनसमेत घट्ने अवस्था छ,' अध्यक्ष मल्लले भने, 'पर्यटन प्रवर्द्धनका लागि पनि पुल पुनर्निर्माण छिटो हुनु आवश्यक छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्जबाट खाद्यान्न आयातमा गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा यो नाका हुँदै आयात हुने चामल, मकै, धान, माल्ट तथा अन्य खाद्यान्नको परिमाण घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा गहुँ आयात नभएकोमा यस वर्ष भने उल्लेख्य परिमाणमा गहुँ भित्रिएको छ। वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार, चालु ...
: अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले स्वास्थ्य क्षेत्रको सुधारका लागि अन्तर्राष्ट्रिय सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्। इन्डोनेसियाको बालीमा आयोजित एसियाली संसदीय स्वास्थ्य तथा अर्थ समिति सभापतिहरूको बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै बुढाथोकीले नेपालको स्वास्थ्य प्रणालीका चुनौती, सुधारका सम्भावना र आवश्यक नीतिगत प्राथमिकताबारे धारणा राखेका थिए। उनले नेपालको तर्फबाट स्वास्थ्य क्षेत्रको दिगो वित्तपोषण, नीतिगत सुधार, सुशासन, ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीप्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री वाग्लेले भोटेकोशी बाढीबाट २ दशमलव ७ देखि २ दशमलव ८ बिलियन डलरको क्षति देखिएको जानकारी दिए। पुनर्निर्माणका लागि करिब ...
। चालु आर्थिक वर्ष २०८३/८४ पहिलो तीन महिना (साउन-असोज) को बजेट कार्यान्वयनमा मिश्रित नतिजा देखिएको छ । अर्थ मन्त्रालयका अनुसार पहिलो त्रैमासिक अवधिमा सरकारले राजस्व संकलन गत आव सोही अवधिको तुलनामा उल्लेख्य बढाउन सफल देखिन्छ । तर, खर्चमा पुरानै प्रवृत्ति हाबी भयो । भएको खर्चमा पनि पूँजीगतभन्दा बढी चालु र ऋण भुक्तानी सेवामा अधिक खर्च भएको ...
: तिहार तथा धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीका मेडालियन आजबाट बिक्री सुरु गरेको छ। राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट कात्तिक १९ र २० गते सर्वसाधारणका लागि सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न लागेको हो। राष्ट्र बैंकले कात्तिक १८ गते सूचना जारी गर्दै दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ...