मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान
गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान

— गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे छलफल हुने कार्यक्रम छ ।

सम्मेलनमा उच्चस्तरीय नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, राउन्ड टेबल बैठक, कार्यशाला तथा तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी र विश्व प्रहरी पुरस्कार वितरणलगायतका गतिविधि हुनेछन् ।

सम्मेलनमा रक्षा तथा संकट प्रतिकार्य, स्वचालित रोबोट, ड्रोन तथा मानवीय क्षमता, कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा तथा डिजिटल रूपान्तरण, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण, क्रिप्टो कारोबार तथा वित्तीय अपराध नियन्त्रण, अपराध अनुसन्धान, गुप्तचर सूचना तथा आधुनिक फरेन्सिक प्रविधि, लागुऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा तथा स्मार्ट सुरक्षा प्रणाली र भूउपग्रह सूचना तथा अन्तरिक्ष सुरक्षालगायत १४ विषयगत क्षेत्र समेटिएका छन् ।

सम्मेलनमा नेपालको सहभागिताले यूएईसहित अन्य मुलुकका आन्तरिक मामिलासम्बन्धी मन्त्री तथा सुरक्षा प्रमुखसँग द्विपक्षीय भेटघाट र सुरक्षा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदानबारे छलफल गर्ने अवसर उपलब्ध हुने गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै मानव बेचबिखन, मानव तस्करी, साइबर अपराध, लागुऔषध तथा सीमापार संगठित अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउने तथा नेपाल प्रहरीको आधुनिकीकरण, प्रविधि हस्तान्तरण र विशेषज्ञ तालिमका लागि सम्भावित साझेदार संस्था पहिचान गर्ने अवसरसमेत प्राप्त हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर, परीक्षा प्रणाली व्यवस्थित तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको कार्यक्रममा त्रिविको संस्थागत ब्रान्ड स्थापित र अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने, पठनपाठनको प्रभावकारिता बढाउने र शैक्षिक क्षमताका आधारमा विद्यार्थी कोटा निर्धारण गर्ने विषय केन्द्रित रही छलफल भयो । ...
— प्रधानमन्त्री वालेन्द्र शाहले चीनसँग नेपालका कुरा निर्धक्क भएर राख्न सुझाव दिएका छन् । रास्वपा महामन्त्री नेतृत्वमा चीन जान लागेको २० सदस्यीय संसदीय टाेलीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले नेपाल-चीन सम्बन्धका विषयवस्तु निर्धक्क भएर राख्न भनेका हुन् । प्रधानमन्त्री शाहले पार्टी महामन्त्री आचार्य नेतृत्वको चीन भ्रमणमा जान लागेको टाेलीलाई पर्यटन, विकास र आपसी सम्बन्धका विषयमा छलफल ...
। त्रिभुवन विश्वविद्यालयमा सबै विषयलाई सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार त्रिविका पदाधिकारीसँग त्रिविको शैक्षिक गुणस्तर बढाउन सबैमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको छ । त्रिविको शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको हो ...
। नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबार पुगेर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका हुन् । उनीहरूबीच भएको भेटवार्ताबारे जानकारी दिँदै काठमाडौंस्थित भारतीय दूतावासले मित्रता र सहकार्यका सम्बन्धहरूलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको बताएको छ । कनेक्टिभिटी, जनता–जनताबीचको सम्बन्ध ...
। भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाएका छन् । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० जना प्रस्तावित राजदूतहरूको नाम पठाएकोमा शुक्रबारसम्म तीन देशका राजदूतको अग्रिमो प्राप्त भइसकेको छ । भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा ...