मुख्य समाचार
चितुवाको छालासहित दुई जनालाई पक्राउ
चितुवाको छालासहित दुई जनालाई पक्राउ

। कैलालीमा चितुवाको छालासहित दुई जनालाई पक्राउ परेका छन्।

धनगढी उपहानगरपालिका-४ को नयाँराम होटल नजिकै शंकास्पद रूपमा हिडिरहेका दुई जनालाई चितुवाको छालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बझाङको छबिसपाथिभेरा गाउँपालिका-३ बस्ने ३६ वर्षीय अशोक धामी र कैलाली को टीकापुर नगरपालिका- ३ बस्ने ४७ वर्षीया सिता देवी चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार उनीहरुको साथबाट एक थान चितुवाको छाला बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान भइरहेको डीएसपी तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । शुक्रबार बिहान ९बजेतिर फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा जिल्ला चितवन,भरतपुर महानगरपालिका–१५ बस्ने ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् । उनलाई ...
: नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी–६ स्थित चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु र ६ जना गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। कांग्रेसले मृतकका परिवारलाई तत्काल राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको हो। साथै,बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गरी दुर्घटनाका कारण अध्ययन गर्न र सडक सुरक्षा ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मोरङस्थित श्री आदर्श निकेतन आधारभूत विद्यालयका शिक्षक सुरेन्द्रकुमार विश्वास थारूविरुद्ध शुक्रबार विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो। झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरेको आरोप उनीमाथि छ। आयोगले भ्रष्टाचार निवारण ...
। सरकारले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको यात्रुवाहक सवारी दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउनेबारे आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव हेमराज अर्यालले जारी गरेको विज्ञप्ति अनुसार, घाइतेको उपचार खर्च र मृतकका परिवारले पाउने रकम उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र ...
: कोशी प्रदेशमा प्रदेश प्रमुखको पद रिक्त भए पनि नयाँ नियुक्ति हुन सकेको छैन। पाँच बर्से कार्यकाल पूरा गरेर परशुराम खापुङ बिदा भएका हुन्। तर, नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने वा अर्को प्रदेशका प्रमुखलाई कोशीको समेत जिम्मेवारी दिने भन्ने विषयमा सरकारले र राष्ट्रपतिले कुनै निर्णय गरेका छैनन्। कात्तिक २४ गतेदेखि प्रदेश प्रमुखविहीन बनेको कोशीमा ...