मुख्य समाचार
कोशी प्रदेशमा प्रदेश प्रमुखको पद रिक्त भए पनि नयाँ नियुक्ति हुन सकेको छैन
कोशी प्रदेशमा प्रदेश प्रमुखको पद रिक्त भए पनि नयाँ नियुक्ति हुन सकेको छैन

: कोशी प्रदेशमा प्रदेश प्रमुखको पद रिक्त भए पनि नयाँ नियुक्ति हुन सकेको छैन। पाँच बर्से कार्यकाल पूरा गरेर परशुराम खापुङ बिदा भएका हुन्। तर, नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने वा अर्को प्रदेशका प्रमुखलाई कोशीको समेत जिम्मेवारी दिने भन्ने विषयमा सरकारले र राष्ट्रपतिले कुनै निर्णय गरेका छैनन्।

कात्तिक २४ गतेदेखि प्रदेश प्रमुखविहीन बनेको कोशीमा संवैधानिक जिम्मेवारीको व्यवस्थापनसमेत अन्योलमा परेको छ। प्रदेश प्रमुखको अनुपस्थितिले प्रदेश सरकारको दैनिक प्रशासनिक काममा तत्काल अवरोध नपरे पनि सरकार गठन, प्रदेशसभाको अधिवेशन आह्वान तथा विधेयक प्रमाणीकरणजस्ता महत्वपूर्ण संवैधानिक काममा भने समस्या आउन सक्ने देखिएको छ।

संविधानले प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा कामकाज सञ्चालन गर्ने विकल्प दिएको छ। संविधानको धारा १६५ को उपधारा (२) अनुसार नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्म राष्ट्रपतिले अर्को प्रदेशको प्रदेश प्रमुखलाई कोशीको समेत कामकाज गर्ने गरी जिम्मेवारी तोक्न सक्छन्। तर, यसका लागि राष्ट्रपतिबाट औपचारिक निर्णय हुनुपर्छ। अर्को प्रदेशको प्रमुखले स्वतः कोशीको जिम्मेवारी पाउने व्यवस्था छैन।

कार्यालयकी शाखा अधिकृत तथा सूचना अधिकारी सम्पूर्ण थापाले नयाँ नियुक्ति वा अतिरिक्त जिम्मेवारीका बारेमा कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताइन्। उनका अनुसार कात्तिक २३ गतेसम्म खापुङ पदमा बहाल थिए। त्यसपछि भने कार्यालयले नयाँ प्रदेश प्रमुख वा वैकल्पिक जिम्मेवारीका बारेमा कुनै सूचना पाएको छैन। यसअघि अर्को प्रदेशका प्रमुखलाई अतिरिक्त जिम्मेवारी दिने अभ्यास भए पनि यसपटक त्यस्तो निर्णय नभएको उनले बताइन्।

प्रदेश प्रमुखको पद रिक्त हुँदा सबै सरकारी काम रोकिने भने होइनन्। मुख्यमन्त्री र मन्त्रिपरिषद्ले नियमित कार्यसम्पादन गर्न सक्छन्। तर, संविधानले प्रदेश प्रमुखलाई दिएको अधिकार प्रयोग गर्नुपर्ने अवस्था आएमा भने औपचारिक जिम्मेवारी पाएको व्यक्ति आवश्यक हुन्छ।
संविधानको धारा १६८ अनुसार मुख्यमन्त्री नियुक्त गर्ने अधिकार प्रदेश प्रमुखसँग छ। धारा १८३ ले प्रदेशसभाको अधिवेशन आह्वान र अन्त्य गर्ने जिम्मेवारी प्रदेश प्रमुखसँग जोडेको छ। त्यस्तै, धारा २०१ अनुसार प्रदेशसभाबाट पारित विधेयक प्रमाणीकरण गर्ने संवैधानिक अधिकार पनि प्रदेश प्रमुखकै हो।

अहिले नै यी अधिकार प्रयोग गर्नुपर्ने परिस्थिति नरहे पनि प्रदेशको राजनीतिक समीकरणमा परिवर्तन आएर नयाँ सरकार गठन गर्नुपर्ने अवस्था बनेमा वा प्रदेशसभाको अधिवेशन बोलाउन तथा विधेयक प्रमाणीकरण गर्नुपर्ने भएमा पद रिक्तताको असर देखिन सक्छ। खापुङ तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा २०७८ कात्तिक २५ गते प्रदेश प्रमुख नियुक्त भएका थिए। पाँच बर्से कार्यकाल पूरा गरेसँगै उनी पदमुक्त भएका हुन्।

खापुङको कार्यकाल विवादरहित भने रहेन। २०८० असार २२ गते सभामुख बाबुराम गौतमको हस्ताक्षरसमेत समावेश भएको बहुमतको दाबीका आधारमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेपछि उनको निर्णय विवादमा परेको थियो। सर्वोच्च अदालतले सभामुखको हस्ताक्षरलाई बहुमतका लागि प्रयोग गर्नु असंवैधानिक ठहर गर्दै साउन ११ गते उक्त नियुक्ति बदर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी–६ स्थित चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु र ६ जना गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। कांग्रेसले मृतकका परिवारलाई तत्काल राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको हो। साथै,बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गरी दुर्घटनाका कारण अध्ययन गर्न र सडक सुरक्षा ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मोरङस्थित श्री आदर्श निकेतन आधारभूत विद्यालयका शिक्षक सुरेन्द्रकुमार विश्वास थारूविरुद्ध शुक्रबार विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो। झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरेको आरोप उनीमाथि छ। आयोगले भ्रष्टाचार निवारण ...
। सरकारले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको यात्रुवाहक सवारी दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउनेबारे आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव हेमराज अर्यालले जारी गरेको विज्ञप्ति अनुसार, घाइतेको उपचार खर्च र मृतकका परिवारले पाउने रकम उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र ...
: सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा भनिएको छ,‘वि.सं. २०८३ कात्तिक २९ गते आइतबारका दिन परेको छठ पर्वका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको बिदितै ...
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)को महासम्मेलन (आईटीयू पीपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन् । कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटमा उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको ‘डिजिटल डिभाइड’लाई कम गर्ने र प्रविधिको पहुँच बढाउने विषयमा नेपालले ...