: सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा भनिएको छ,‘वि.सं. २०८३ कात्तिक २९ गते आइतबारका दिन परेको छठ पर्वका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको बिदितै छ। छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन गर्ने परम्परा रही आएकोले छठ पर्वको भोलिपल्ट अर्थात् मिति २०८३/०७/३० गते सोमबारका दिन समेत सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।’
तिहार पछि शुक्रबार कार्यालय खुलेको थियो। योसँगै छठ पर्व बिदा २ दिन भएकाले मंगलबार मात्र कार्यालय खुल्नेछन्।