मुख्य समाचार
मन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)को महासम्मेलन (आईटीयू पीपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाए
मन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)को महासम्मेलन (आईटीयू पीपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाए

। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)को महासम्मेलन (आईटीयू पीपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन् ।

कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटमा उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको ‘डिजिटल डिभाइड’लाई कम गर्ने र प्रविधिको पहुँच बढाउने विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी दिए ।

सम्मेलनका क्रममा सूचना प्रविधि र टेलिकम क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेका देशसँग आगामी दिनमा डिजिटल रुपान्तरणका बारेमा सहकार्य र साझेदारी अभिवृद्धि गर्नेबारेमा पनि छलफल भएको उनले जानकारी दिए ।

“सूचना प्रविधिका क्षेत्रमा पहुँच विस्तार हुँदै जानुपर्नेमा विभिन्न कारणले त्यो पहुँच खुम्चिँदै गएको पनि पाइएको छ । सूचना प्रविधिको पहुँच कसरी विस्तार गर्ने भन्नेमा द्विपक्षीय छलफल भयो”, उनले भने ।


मन्त्री तिमिल्सिनाले मलेसिया, इस्टोनिया, कतार, चीन, भारत तथा रुसलगायत देशका मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीसँग द्विपक्षीय भेटघाट र महत्वपूर्ण छलफल भएको जानकारी दिँदै नेपालको आवश्यकता र रुचिअनुसार विभिन्न देशसँग सूचना प्रविधि र टेलिकम क्षेत्रमा सहकार्य तथा साझेदारीका विषयमा विचारविमर्श भएको स्पष्ट पारे ।

बाढी, पहिरो र भूकम्पजस्ता विपद्का बेला सञ्चार प्रणालीलाई कसरी निर्वाध रूपमा चालु राख्ने भन्नेबारेमा सम्मेलनमा व्यापक छलफल भएको मन्त्री तिमिल्सिनाले जानकारी दिए । त्यस क्रममा नेपालका तर्फबाट मन्त्री तिमिल्सिनाले विपद्को समयमा सञ्चारको भूमिका झनै महत्वपूर्ण हुने कुरामा जोड दिँदै नीतिगत मन्तव्य प्रस्तुत गरेका थिए ।

मन्त्री तिमिल्सिनाले विकासोन्मुख तथा अल्पविकसित मुलुकलाई डिजिटल रूपान्तरणको प्रक्रियामा पछाडि पर्न नदिन लक्षित प्राविधिक सहायता, प्रविधि हस्तान्तरण तथा सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेकामा जोड दिएका थिए ।

विश्वव्यापी डिजिटल रूपान्तरणले नयाँ अवसर सिर्जना गरे पनि कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति, लगानी तथा प्रविधिमा असमान पहुँचका कारण विकासोन्मुख मुलुक थप पछाडि पर्ने जोखिम रहेको उनको भनाइ थियो ।

डिजिटल पहुँचमा रहेको असमानतासँगै कृत्रिम बौद्धिकता, फाइभजीलगायत उदीयमान प्रविधिमा पहुँचका आधारमा नयाँ प्रकारको डिजिटल विभाजन सिर्जना भइरहेको जनाउँदै मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरणको लाभ सबै देश तथा समुदायमा समान रूपमा पुर्‍ याउन अन्तरराष्ट्रिय सहकार्य अपरिहार्य रहेकामा जोड दिएका थिए ।

इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले दूरसञ्चार क्षेत्रमा विश्वव्यापी रुपमा नीति निर्माणको काम गर्दै आइरहेको छ । आईटीयूमा १९४ देश सदस्य राष्ट्र छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोशी प्रदेशमा प्रदेश प्रमुखको पद रिक्त भए पनि नयाँ नियुक्ति हुन सकेको छैन। पाँच बर्से कार्यकाल पूरा गरेर परशुराम खापुङ बिदा भएका हुन्। तर, नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने वा अर्को प्रदेशका प्रमुखलाई कोशीको समेत जिम्मेवारी दिने भन्ने विषयमा सरकारले र राष्ट्रपतिले कुनै निर्णय गरेका छैनन्। कात्तिक २४ गतेदेखि प्रदेश प्रमुखविहीन बनेको कोशीमा ...
: सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा भनिएको छ,‘वि.सं. २०८३ कात्तिक २९ गते आइतबारका दिन परेको छठ पर्वका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको बिदितै ...
: छठ पर्वका लागि चाहिने केरा, नरिवल, उखु लगायतका सामग्री किन्न काठमाडौं उपत्यकाका विभिन्न बजारमा भीड लागेको छ। छठ पर्वको मुख्य दिन नजिकिँदै जाँदा काठमाडौंको कालीमाटी, कुलेश्वर लगायतका स्थानमा किनमेल गर्नेहरूको घुइँचो लागेको हो। छठका लागि विशेष रूपमा चाहिने केरा र नरिवल जस्ता सामग्री स्वदेशमा नै उपलब्ध भए पनि उखु लगायत अन्य फलफूल भने भारत लगायतका ...
। चीन भ्रमणमा जान लागेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरिरहेका छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चलिरहेको छ । बिहान सवा ११ बजेदेखि नै छलफल सुरु भएको हो । रास्वपाका २० जना नेताहरू आइतबार (२९ कात्तिक) देखि चीन भ्रमणमा जाँदै छन् । महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपामा २० जना ...
: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो थाई गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २५ वर्षीय सुबोध कुमार रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो गौचरणबाट खटिएको टोलीले थाई एयरवेजको टीजी–३१९ मार्फत आएका यात्रुहरूलाई जाँच गर्ने क्रममा उनलाई गाँजासहित पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट तीन किलो गाँजासँगै एक थान मोबाइल र एक थान पासपोर्टसमेत ...