मुख्य समाचार
श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध
श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध

। श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।

टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन्। उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनै प्रारूपमा खेलेका छन्।

दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन्। यस क्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन्। टी–२० मा उनको स्ट्राइक रेट १४२.६५ छ। उनले यस प्रारूपमा ४७ छक्का र ८६ चौका प्रहार गरेका छन्। बलिङतर्फ उनले ५० टी–२० खेलमा २६ विकेट लिएका छन्।

दबारेले ६७ लिस्ट ए खेलमा १ हजार ६७८ रन बनाएका छन्। यस क्रममा उनले एक शतक र नौ अर्धशतक प्रहार गरेका छन् भने ६३ विकेट लिएका छन्। त्यस्तै, ४९ प्रथम श्रेणी खेलमा उनले २ हजार २७५ रन बनाउनुका साथै ११ विकेट लिएका छन्।


सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले दबारेको आगमनले टोलीको शीर्ष क्रमको ब्याटिङलाई बलियो बनाउने विश्वास व्यक्त गरे। ‘थनुका दबारेसँग अनुभव छ। उनी आक्रामक ब्याटिङ गर्न सक्ने खेलाडी हुन्। उनको आगमनले हाम्रो शीर्ष क्रमलाई थप बलियो बनाउने र टोलीको ब्याटिङमा गहिराइ थप्ने विश्वास लिएका छौं’, खड्काले भने।

टोलीमा अनुबन्ध भएपछि दबारेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताए। ‘सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी छु। एनपीएल खेल्न नेपाल आउन र टोलीका लागि योगदान दिन उत्साहित छु। प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै टोलीलाई उपाधि जिताउन सहयोग गर्ने लक्ष्य छ’, दबारेले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ। परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार छनोट हुन बाँकी खेलका प्रतियोगिता कात्तिक २७ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुने छन्। यसअघि सम्बन्धित खेल संघ तथा महासंघबाट खेलाडी छनोट भइसकेका ...
: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्कणको लिग चरणको २४ औं खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफ प्रवेश गरेको हो। लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफ पुग्ने दोस्रो टोली बन्यो। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ६ विकेट गुमाएर १२५ रन बनाएको थियो। ...
। साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै प्लेअफमा स्थान बनाएको हो । कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले २० बल अगावै ६ विकेट गुमाएर पूरा गरेको हो । ६ ...
: नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २२ औं खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिक विकेट लिएका छन्। त्रिवि क्रिकेट मैदानमा आज सन्दीप पोखराविरुद्धको खेलमा चम्किएका हुन्। उनले १४.३, १४.४, १४.५ मा लगातार पोखराका ३ ब्याटरलाई पेभेलियन फर्काए। उनले १४.३ ओभरमा युवराज सम्रालाई क्याच गराउँदा १४.४ मा पोखराका कप्तान चमिका करुणारत्नेलाई एलबीडब्ल्यू ...
: नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २२औं खेलमा विराटनगर किंग्ससँग ४ विकेटले पराजित हुँदा पोखरा एभेन्जर्स प्लेअफ समीकरणबाट बाहिरिएको हो। ६ खेलमा ५ हारसहित पोखरा बाहिरिँदा समान ६ खेल खेलेको विराटनगर किंग्सको भने यो तेस्रो जित हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रन बनाउँदै अलआउट भएको थियो। पोखराले ...