: सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२,देउराली हुत्तिखिममा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले जानकारी दिए ।
घाँस काट्न चिउरीको रुखमा चढेका लिम्बूको लडेर घटनास्थलमै मृत्यु भएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।