मुख्य समाचार
नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल
नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल

: नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनियाकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबीच कतारको दोहामा भएको भेटवार्तामा यस्तो छलफल भएको हो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को विश्व दूरसञ्चार नीति मञ्च २०२६ मा सहभागी हुने क्रममा भएको भेटमा डिजिटल सार्वजनिक पूर्वाधार, विद्युतीय शासन प्रणाली, साइबर सुरक्षा तथा संस्थागत क्षमता अभिवृद्धिका विषयमा सहकार्य गर्ने सम्भावनाबारे छलफल भएको थियो ।

भेटमा मन्त्री तिमिल्सिनाले डिजिटल सुशासनमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै नेपालको सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र नागरिककेन्द्रित बनाउन त्यहाँको अनुभव उपयोगी हुने बताए ।

उनले डिजिटल पहिचान, विद्युतीय हस्ताक्षर, सुरक्षित तथ्याङ्क आदानप्रदान तथा सरकारी सेवा प्रणालीको अन्तरआबद्धतामा सहकार्य गर्न सकिने धारणा राखे ।

त्यसैगरी, डिजिटल प्रविधिमा विकसित र विकासोन्मुख मुलुकबीच बढ्दै गएको असमानता न्यूनीकरण गर्न इस्टोनियाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघमार्फत सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

जवाफमा इस्टोनियाकी मन्त्री पाकोस्टाले नेपालसँग डिजिटल रूपान्तरण र विद्युतीय शासनका क्षेत्रमा सहकार्य तथा अनुभव आदानप्रदान गर्न प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार हुन सके सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता, पारदर्शिता र नागरिकको डिजिटल सेवामा पहुँच बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनाअनुसार शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाबाहेकका नियमित ...
: ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीबाट त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले प्रभावित पारेका नुवाकोटवासीको पुनःस्थापनामा ढिलाइ भइरहेको पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताएका छन्। बाढीका कारण विभिन्न स्थानमा घरबारविहीन भएकाहरूलाई सरकारले छिटोभन्दा छिटो पुनःस्थापना गर्नुपर्नेमा उनले जोड दिए। प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीले बिहीबार एक धारणा सार्वजनिक गर्दै नुवाकोटसहित त्रिशूली बाढीपीडितको पुनःस्थापनामा सरकारको अकर्मण्यताका कारण ढिलाइ ...
। राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ । कार्यालयले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका व्यावसायिक प्रतिष्ठानको तथ्यांक प्रशोधन पूरा गरेको हो । बाँकी बागमती प्रदेशका प्रतिष्ठानको तथ्यांक प्रशोधन कार्य भइरहेको गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार प्रशोधन गरिएका करिब ...
। परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । टर्कीए अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो । भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेकामा महासचिव गुटेरेसप्रति आभार व्यक्त गरे । उनले संयुक्त राष्ट्रसंघको नेतृत्व गर्दै ...
: श्रद्धा र निष्ठाको महान पर्व छठअन्तर्गत आज व्रतालुहरूले 'नहाय-खाय' विधि गर्दैछन्। बिहानै नदी, ताल, तलैया वा जलाशयमा गई स्नान गरिने यस विधिलाई स्थानीय भाषामा 'नहाय-खाय' भनिन्छ। छठ पर्वको दोस्रो दिन आज व्रतालुहरूले अनिवार्य रूपमा यो विधि अपनाउने गर्दछन्। पर्वको दोस्रो दिन भोलि शनिबार 'खर्ना' मनाइन्छ। खर्नाका दिन व्रतीहरू दिनभर उपवास बसी राति छठ देवतालाई आगमनको ...