मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ
जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ

: सुनसरीको धरानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय धरानले बिहिवार राती धरान उपमहानगरपालिका–११ स्थित सेवालुङ चोकमा रहेको सन्जुहाङ लिम्बुको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी भीषणबाबू राईले बताएका छन्।

उनले पक्राउ परेका जुवाडेको साथबाट ५ लाख ९२ हजार ५ सय रुपैयाँ नगद, १२ थान मोबाईल र १२ बुङ तास बरामद गरिएको बताए। प्रहरी हवल्दार हेमराज सुवेदीको कमाण्डमा खटिएको टोलीले घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनी सन्जुहाङ लिम्बुसहित ११ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान–१६ जोरसखुवाका ३३ वर्षीय सोम तामाङ, धरान–११ का २४ वर्षीय सविन राई, ४० वर्षीय दिनेश राई, ४९ वर्षीय सन्जुहाङ लिम्बु, २४ वर्षीय मचिन लिम्बु, ३२ वर्षीय पूर्ण राई, ४१ वर्षीय सन्तोष तामाङ, १७ वर्षीय रविन रसाइली, ४१ वर्षीय सुवास तामाङ, धरान–१९ का ५० वर्षीय ओम राई र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का ३५ वर्षीय अशोक साँवा रहेको डिएसपी राईले बताए। पक्राउ परेका सबैलाई बरामद सामग्रीसहित इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले अहिले सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले विपक्षी दलहरूले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको चर्चाप्रति टिप्पणी गर्दै आन्दोलनभन्दा जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने धारणा राखेका हुन् । ‘अहिले आन्दोलनको आवश्यकता छैन। आन्दोलन गरेर देश निर्माण हुँदैन,’ उनले ...
। नेपाल उद्योग वाणिज्य महासंघ निवर्तमान अध्यक्ष तथा आईएमई समूह अध्यक्ष चन्द्रप्रसाद ढकालले युनाइटेड अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । यूएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुगेका ढकालले बिहीबार दुबईमा यूएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता ...
: धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। मृत्यु हुनेमा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५, तारानगरकी ३५ वर्षीया सुशिला बम रहेकी छन्। प्रहरीका अनुसार बिहीबार साँझ ७:०० बजे धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत ...
। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । समितिमा ...
। देशका विभिन्न तीन जिल्लाबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । मोरङ, सुनसरी र बाँकेबाट लागूऔषधसहित ५ जना पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र स्पास्पेन ७५ ट्याब्लेट सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ ...