। यमनमा अदन सहरमा हुथी विद्रोहीले आक्रमण गरेको छ । साउदी अरबसमर्थित सरकारका सुरक्षा स्रोतहरूले बुधबार अदन सहरमा हुथी विद्रोहीले आक्रमण गरेको जानकारी दिएका हुन् ।
सुरक्षा स्रोतका अनुसार आक्रमणमा सरकारसम्बद्ध सुरक्षा बलका सैन्य शिविरहरूलाई निशाना बनाइएको थियो । अदन सहरबाटै साउदी समर्थित सरकार सञ्चालन हुँदै आएको छ ।
यसअघि हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा गत साता भएका आक्रमणमा मारिएका दर्जनौँ व्यक्तिको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरू सहभागी भएका थिए ।
उक्त आक्रमणलाई हुथी पक्षले ‘साउदी आक्रमण’ बताएको थियो । यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । सोही वर्ष हुथी विद्रोहीले राजधानी सानामाथि कब्जा जमाएका थिए ।
त्यसको एक वर्षपछि साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन यमन सरकारको समर्थनमा युद्धमा सहभागी भएको थियो ।
सन् २०२२ मा भएको कमजोर युद्धविराम गत जुलाईमा भंग भएपछि साउदी अरब र हुथी विद्रोहीबीच पुनः संघर्ष जारी रहेको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ ।
यसबीच हुथी विद्रोहीले साउदी अरबका विमानस्थल, ऊर्जा पूर्वाधार तथा सैन्य अखडाहरूलाई समेत निशाना बनाउँदै आएको छ ।