मुख्य समाचार
जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च
जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च

। मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल छिर्ने र स्थानीयवासीको घर भत्काउने पाकेको धान खाने गर्न थालेपछि भारततर्फ हात्ती फर्काउन बुधबारदेखि नै सुरक्षा सतर्कता उच्च पारिएको जानकारी दिए ।

हात्तीको प्रवेशलाई पूर्ण रूपमा रोक्न र सम्भावित क्षति जोगाउन सशस्त्र प्रहरी बल नेपाल बीओपी बाहुनडाँगी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, र्‍यापिड रेस्पोन्स टिमलगायत विभिन्न सङ्घसंस्था र स्थानीय किसानहरू सक्रिय रूपमा परिचालन भएका छन् ।

सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयवासीले हात्तीलाई नेपालतर्फ प्रवेश गर्न नदिन विभिन्न उपकरण र सवारीसाधनको प्रयोग गरी निगरानी तथा रोकथामको कार्य गरिरहेका छन् ।


रोकथाम तथा नियन्त्रणका लागि १० भन्दा बढी साना माइकसहितका साइरन, सशस्त्र प्रहरी बलका दुईवटा ठूला साइरन, वन कार्यालय र सशस्त्र प्रहरी बलका एक–एकवटा साइरन जडित सवारीसाधन, नेपाल प्रहरीको एउटा ठूलो साइरन तथा ९० भन्दा बढी ठूला लाइट प्रयोगमा ल्याइएको छ ।

त्यसैगरी, गस्ती र निगरानीलाई प्रभावकारी बनाउन तीनवटा ट्याक्टर तथा १० भन्दा बढी मोटरसाइकल पनि परिचालन गरिएको उनले जानकारी दिए । सम्भावित जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रका बासिन्दालाई पर्याप्त सुरक्षा सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको खबरले आफूलाई स्तब्ध र अत्यन्तै मर्माहत बनाएको थापाले बताएका छन् । सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै सभापति थापाले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली ...
: काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–६ बुडोल डाँडामा दुई बस एकआपसमा ठोक्किँदा २५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । बिहीबार बिहान धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस एक आपसमा ...
: तिहारको अवधिमा काठमाडौं उपत्यकामा भएको सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन्। कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको अवधिमा ७८ वटा सवारी दुर्घटना भएको र दुर्घटनामा ५ जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो। त्यस्तै, सोहि अवधिमा चेकिङको क्रममा ५९५ जनालाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा नियन्त्रणमा ...
: लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी थालिएको छ। गौरीघाट, विष्णुमति, कुपण्डोललगायत काठमाडौँका विभिन्न स्थानमा पूजास्थलको निर्माण सुरु गरिएको हो। छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ। चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालु नदी, ...
। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन्। टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा उनले उक्त धारणा राखेका हुन्। परराष्ट्रमन्त्री खनालले नेपाल पेभिलियनमा आयोजित साइड इभेन्टलाई सम्बोधन गर्दै हिन्दूकुश हिमाली क्षेत्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। ‘रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्स’ ...