मुख्य समाचार
इटालीका ६ हजार ३०० भन्दा बढी सरकारी विद्यालयमा इमेलमार्फत बम विस्फोट गराउने धम्की आएपछि सुरक्षा सतर्कता
इटालीका ६ हजार ३०० भन्दा बढी सरकारी विद्यालयमा इमेलमार्फत बम विस्फोट गराउने धम्की आएपछि सुरक्षा सतर्कता

: इटालीका ६ हजार ३०० भन्दा बढी सरकारी विद्यालयमा इमेलमार्फत बम विस्फोट गराउने धम्की आएपछि सुरक्षा सतर्कता बढाइएको छ ।

देशका कुल ७ हजार ४७६ सरकारी विद्यालयमध्ये ६ हजार ३०० विद्यालयको आधिकारिक इमेलमा बुधबार एउटै प्रकृतिको धम्कीपूर्ण सन्देश पठाइएको थियो । निजी विद्यालयलाई भने यस्तो धम्की आएको छैन ।

राजधानी रोमसहित नेपल्स, मिलान, जेनोआ, फ्लोरेन्स, पिसा र ट्रिएस्टेका विद्यालयहरूमा समेत धम्की आएको थियो । सावधानीका रूपमा विभिन्न विद्यालय भवन खाली गराइएको थियो ।

इटालीका शिक्षामन्त्री ग्युसेपे वाल्दिताराले यसलाई वास्तविक सुरक्षा खतरा भन्दा पनि साइबर आक्रमणको प्रयासजस्तो देखिएको बताएका छन् । उनले इटालीसहित युरोपका अन्य देशमा पनि यस्ता गतिविधि भइरहेको उल्लेख गरेका छन् ।

घटनालाई गम्भीरतापूर्वक लिँदै प्रधानमन्त्री जर्जिया मेलोनीले वरिष्ठ मन्त्रीहरू तथा गुप्तचर निकायका प्रमुखहरूसँग उच्चस्तरीय बैठक आह्वान गरेकी छन् । उनले विपक्षी दलका नेताहरूसँग पनि छलफल गर्ने तयारी गरेकी छन् ।

प्रधानमन्त्री मेलोनीले सामाजिक सञ्जालमार्फत धम्कीहरू सर्वसाधारणमा डर र त्रास फैलाउने रणनीतिको हिस्सा हुन सक्ने बताएकी छन् । प्रारम्भिक अनुसन्धानमा हालसम्म कुनै ठोस सुरक्षा खतरा फेला नपरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्विडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्गले संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तालाई ‘पाखण्डीपन’ भन्दै निन्दा गरेकी छन्। उनले विश्वका नेताहरूलाई नाफा र शक्तिभन्दा मानिस र पृथ्वीलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन्। टर्कीको पर्यटकीय सहर अन्टाल्यामा जारी कोप३१ सम्मेलनमा मङ्गलबार पुगेपछि थनबर्गले यस्तो टिप्पणी गरेकी हुन्। ‘हरेक वर्ष आयोजक राष्ट्रहरूलाई आफ्नो छवि सुधार्ने अवसर दिइनु पाखण्डीपन हो। हामीलाई थाहा छ ...
: रुस, युक्रेन र अमेरिकाबीच युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएको त्रिपक्षीय वार्ता कुनै ठोस निष्कर्षबिना सम्पन्न भएको छ । दुई दिनसम्म चलेको वार्तामा युरोपको युद्धपछिको सुरक्षा व्यवस्था र रुस-युक्रेनबीचको विवाद समाधानका विषयमा छलफल भएको बिबिसिमा उल्लेख छ । अमेरिकी पक्षले केही सकारात्मक सम्भावना देखिएको बताए पनि करिब पाँच वर्षदेखि जारी युद्ध अन्त्य ...
: जर्मनीको सशस्त्र बल ‘बुन्डेसवेर’ भित्र व्यापक यौन दुर्व्यवहार हुने गरेको एक सर्वेक्षणले खुलासा गरेको छ । सर्वेक्षणअनुसार सेनामा कार्यरत ३८ प्रतिशत महिलाले मौखिक यौन दुर्व्यवहार र १० प्रतिशतले शारीरिक यौन दुर्व्यवहार भोगेको बताएका छन् । रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको सर्वेक्षणमा कम उमेरका तथा तल्लो दर्जामा कार्यरत महिला सैनिकहरू बढी प्रभावित भएको उल्लेख छ ...
: बढ्दो घरभाडा र महँगीविरुद्ध स्पेनमा भएको देशव्यापी आमहडतालका क्रममा बार्सिलोनामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । १४ वर्षपछि भएको पहिलो देशव्यापी आमहडतालमा राजधानी म्याड्रिडमा करिब एक लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिस सहभागी भएका छन् । बार्सिलोनामा केही नकाबधारी समूहले सडकका फोहोर सङ्कलन गर्ने डस्टबिनमा आगजनी गर्नुका साथै पसलका सिसा फुटाएका थिए ...
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आफ्नो राजनीतिक प्रभाव जोगाउने संघर्षमा जुटेका छन् । अक्टोबरमा भएको निर्वाचनमा उनको गठबन्धनलाई पछि पार्दै विपक्षी दलहरू अगाडि आएपछि नेतन्याहू विपक्षी नेतृत्वमा नयाँ सरकार गठन हुन नदिन सक्रिय भएका हुन् । पछिल्ला केही दिनमा निर्वाचन अभियानका क्रममा एकअर्कामाथि तीव्र व्यक्तिगत आरोप लगाएका नेतन्याहूले राष्ट्रिय एकता र विपक्षी दलसँग मिलेर सरकार गठन गर्नुपर्ने ...