मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता

। परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुन अन्ताल्यामा आएका मन्त्री खनालले बुधबार फिनल्यान्डका मन्त्री ताभियोसँग भेटवार्ता गरेका हुन् ।

भेटमा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको मानवीय सहायताप्रति आभार व्यक्त गरे ।

उनले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका प्रयास, प्रभावित समुदायको पुनर्वास तथा जलवायु परिवर्तनका कारण जनजीवन, जीविकोपार्जन र पर्वतीय पारिस्थितिक प्रणालीमा परिरहेको असमानुपातिक प्रभावबारे जानकारी गराए ।


भेटमा दुवै मन्त्रीले कोप–३१ प्रक्रियालगायत पारस्परिक चासोका विषयमा विचार आदानप्रदान गर्नुभएको थियो ।

साथै, नेपाल र फिनल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उक्त अवसरमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास, वन संरक्षण, प्रविधि तथा जलवायु कार्यका क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तिहारको भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २ हजार ४८६ जना यात्रु लाभान्वित भएका छन् । सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएकाले सर्वसाधारणको आवतजावत सहज बनाउन सशस्त्र प्रहरीले काठमाडौं उपत्यका र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिएको सेवाअन्तर्गत काठमाडौंको ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट हुने क्षति तथा पुनर्निर्माणको आर्थिक भार नेपालले एक्लै धान्न नसक्ने बताएका छन् । टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ अन्तर्गत नेपाल पेभिलियनमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकलाई विशेष अन्तर्राष्ट्रिय वित्तीय सहायता आवश्यक रहेको बताएका हुन् । उनले विपद्पछिको उद्धार, राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि ...
। सुनसरीको इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । बुधबार साँझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटरसँगै साइकल ठोक्किएका थिए । दुर्घटनामा ...
: जलवायु संकट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका छन् । राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिल, कोप–३१ का अध्यक्ष तथा टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री ...
: पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गएराति सडकबाट अनियन्त्रित भई दुर्घटनाहुँदा भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४ पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङको पोखरास्थित गण्डकी मेडिकल कलेजमाउपचारका ...