मुख्य समाचार
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले नयाँ सैन्य क्षमताको धम्की दिएर कूटनीति अघि बढाउन खोजेको आरोप
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले नयाँ सैन्य क्षमताको धम्की दिएर कूटनीति अघि बढाउन खोजेको आरोप

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले नयाँ सैन्य क्षमताको धम्की दिएर कूटनीति अघि बढाउन खोजेको आरोप लगाएका छन् ।

उनले अमेरिकाले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न युद्ध गरेको दाबी गरेपनि युद्धको पहिलो दिन नै इरानको लामेर्दस्थित खेलकुद हलमा आक्रमण गर्न प्रेसिजन स्ट्राइक मिसाइल (पीआरएसएम) प्रयोग गरेको बताए ।

उक्त आक्रमणमा २१ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

पेजेस्कियानले इरानको भूमिगत आणविक केन्द्रमा आक्रमण गर्न अमेरिकाको रक्षा मन्त्रालयले ‘मदर अफ अल बम्स’ अर्थात् सबैभन्दा शक्तिशाली बम प्रयोग गर्नेबारे विचार गरिरहेको भन्ने अमेरिकी सञ्चारमाध्यमका समाचारप्रति पनि आपत्ति जनाएका छन् ।


‘यो कुनै विरोधाभास होइन, बरु लज्जास्पद कुरा हो,’ उनले भनेका छन्, ‘विश्व शान्ति र सुरक्षालाई कसले धम्की दिइरहेको छ ?’

उनको यो अभिव्यक्ति अमेरिकाले इरानविरुद्ध सैन्य कारबाहीको सम्भावना र शक्तिशाली हतियार प्रयोगबारे चर्चा गरिरहेका बेला आएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बढ्दो घरभाडा र महँगीविरुद्ध स्पेनमा भएको देशव्यापी आमहडतालका क्रममा बार्सिलोनामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । १४ वर्षपछि भएको पहिलो देशव्यापी आमहडतालमा राजधानी म्याड्रिडमा करिब एक लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिस सहभागी भएका छन् । बार्सिलोनामा केही नकाबधारी समूहले सडकका फोहोर सङ्कलन गर्ने डस्टबिनमा आगजनी गर्नुका साथै पसलका सिसा फुटाएका थिए ...
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आफ्नो राजनीतिक प्रभाव जोगाउने संघर्षमा जुटेका छन् । अक्टोबरमा भएको निर्वाचनमा उनको गठबन्धनलाई पछि पार्दै विपक्षी दलहरू अगाडि आएपछि नेतन्याहू विपक्षी नेतृत्वमा नयाँ सरकार गठन हुन नदिन सक्रिय भएका हुन् । पछिल्ला केही दिनमा निर्वाचन अभियानका क्रममा एकअर्कामाथि तीव्र व्यक्तिगत आरोप लगाएका नेतन्याहूले राष्ट्रिय एकता र विपक्षी दलसँग मिलेर सरकार गठन गर्नुपर्ने ...
: इन्डोनेसियाका उपराष्ट्रपति गिब्रान राकाबुमिङ राकाले शैक्षिक प्रमाणपत्रसम्बन्धी विवाद उत्कर्षमा पुगेपछि पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले सन् २०२४ को निर्वाचनका क्रममा उनले पेस गरेको माध्यमिक तहको शैक्षिक कागजात अमान्य भएको फैसला सुनाएपछि गिब्रान नैतिक तथा संवैधानिक दबाबमा परेका थिए । उनका सहयोगी बुदी आरिएका अनुसार गिब्रानले बुधबार राष्ट्रपति प्रबोवो सुबियान्तोसमक्ष सीधा राजीनामा पत्र बुझाएका ...
अमेरिकी रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउने प्रयास तत्कालका लागि असफल भएको छ । अमेरिकी प्रतिनिधिसभाले उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रस्ताव रोकिदिएको छ । रिपब्लिकन सांसद थोमस मेसीले उक्त प्रस्ताव पेस गरेका थिए । उनले कांग्रेसको स्वीकृतिबिना इरानविरुद्ध सैन्य कारबाही गरेको आरोप लगाउँदै हेगसेथलाई पदबाट हटाउनुपर्ने माग गरेका थिए । मंगलबार अमेरिकी प्रतिनिधिसभामा प्रस्तावमाथि मतदान भएको थियो ...
— सन् २०१४ को काठमाडौं शिखर सम्मेलनपछि भारत–पाकिस्तान तनावका कारण सार्कको १९औँ सम्मेलन हुन सकेको छैन। माल्दिभ्स, बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानले सार्कलाई सक्रिय बनाउन आवाज उठाइरहेका छन्। सबै सदस्य राष्ट्रको सहमति आवश्यक पर्ने भएकाले भारत र पाकिस्तानबीच समझदारी नभएसम्म सार्कको बैठक अघि बढाउन कठिन रहेको कूटनीतिक जानकारहरू बताउँछन्। यसै सन्दर्भमा सन् १९९४ देखि २००३ सम्म ...