मुख्य समाचार
रानीपोखरीमा भाइटीका लगाउनेको भीड
रानीपोखरीमा भाइटीका लगाउनेको भीड

— यमपञ्चक अर्थात तिहारको पाँचौँ दिन आज भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका तथा सयपत्री र मखमली फूलको माला लगाइदिएर भाइटीका मनाउने परम्परा छ ।

आफ्ना दिदीबहिनी नभएका तथा विभिन्न कारणले भाइटीका लगाउन नपाएकाहरूले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाउने परम्परा छ ।

वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला गरिएको छ । मन्दिरमा बिहानैदेखि टीका लगाउन आउने सर्वसाधारणको भीड लागेको छ ।

दिदीबहिनी नहुनेहरू रानीपोखरी पुगेर टीका तथा माला ग्रहण गर्दै भाइटीका पर्व मनाइरहेका छन् । भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता र आपसी सम्बन्ध प्रगाढ बनाउने विशेष पर्वका रूपमा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिरानचोक गाँउपालिका- २ सिउरेनीमा ट्याक्सी दुर्घटनम हुँदा पाँच जना घाइते भएका छन् । चित्रेपोखरीबाट सिउरेनी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८नम्बरकाे ट्याक्सी सडक छेउमा रोकिरहेको अवस्थामा अचानक ब्याक भई ४० मिटर तल खसेर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यलय गाेरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए । दुर्घटनामा सिरानचोक- ५ भाँगे बस्ने ४० वर्षका वीरबहादुर ...
— असिनापानीका कारण धावनमार्ग अवरुद्ध भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो ५५ मिनेट बन्द भएको छ। विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार बुधबार दिउँसो १ बजेर ४७ मिनेटमा बन्द भएको विमानस्थल २ बजेर ४२ मिनेटमा पुनः सञ्चालनमा आएको हो। असिनापानीका कारण धावनमार्गको करिब १ हजार ५०० मिटर खण्ड अवरुद्ध भएको थियो। विमानस्थलको ब्राभो ट्याक्सीवेबाट उत्तरतर्फ रनवे ०२ को ...
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह ३१औं भारतीय उद्योग परिसंघ (सीआईआई) साझेदारी सम्मेलनमा सहभागी हुन बुधबार भारतको नयाँदिल्ली पुगेका छन् । सम्मेलन कात्तिक २६ र २७ मा आन्ध्र प्रदेशको विशाखापट्टनममा हुँदै छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री साहलाई स्वागत गरेका थिए । नेपाली दूतावासको भ्रमणका क्रममा मन्त्री ...
— अर्थमन्त्री स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण आर्थिक भार : जलवायुजन्य आघातपछि ऋण, ऋण मूल्यांकन तथा मुद्राको अवस्था र ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण आर्थिक भार ः जलवायुजन्य आघातपछि ऋण, ऋण मूल्याङ्कन तथा मुद्राको अवस्था र आवश्यक सहयोग प्याकेजको स्वरूप’ विषयक छलफलमा उनले यस्तो बताएका हुन् । उनले ...