मुख्य समाचार
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने

। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री यादवले कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मत लिने जानकारी दिए । त्यसका लागि प्रदेशसभा बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्न लागिएको उनले बताए ।

विश्वासको मत प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद भइरहेको र विश्वासको मत लिनुअघिसम्म संवाद जारी रहने उनको भनाइ छ ।


नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यस्तै, सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।

दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन राजनीतिक सक्रियता बढाएका छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ ।

मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन्। जेन्जी आन्दोलनमा कारागारबाट फरार रहेका बर्दघाट नगरपालिका वडा नं. १६ केरावारीका २७ वर्षीय अमृत नेपालीलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिए। जबरजस्ती करणी मुद्दामा अदालतबाट ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला भई कारागार कार्यालय नवलपरासी (ब.सु.पश्चिम) ...
। घरको सिलिङमा रहेको वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीरबहादुर थारुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मौरीले टोकेपछि बेहोस भएका थारुको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार कात्तिक २४ गते दिउँसो करिब १ बजे मौरीले टोकेपछि उनलाई उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, ...
: चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। बुधबार बिहान ८ः३० बजे त्रिचोकस्थित रामजी ढकालको घरमा डेरा गरी बस्दै आएका ३० वर्षीय सुमन राना मगरले घरायसी विवादका कारण ३२ वर्षीया श्रीमती सपना राना मगरमाथि कुटपिट गरेका थिए। कुटपिटका कारण सपनाको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार मृतक र नियन्त्रणमा रहेका श्रीमान्‌को स्थायी घर ...
: कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२, शुक्लाफाँटा आरक्ष जंगलस्थित सडकखण्डमा अटो र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र.०२–००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भि.न.पा. ००१ ह ५२२ नम्बरको अटो आपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो। दुर्घटनामा अटो ...
। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- बेल्खुमा गएराति दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१-००६ ख ८४१८ नम्बरको दूध ट्याङ्करले पैदल हिँडिरहेका गजुरी गाउँपालिका–६ का ५५ वर्षीय जितबहादुर श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले ट्याङ्कर र चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–४ का ३३ वर्षीय मदनबहादुर ...