मुख्य समाचार
घरायसी विवादमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
घरायसी विवादमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

: चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।

बुधबार बिहान ८ः३० बजे त्रिचोकस्थित रामजी ढकालको घरमा डेरा गरी बस्दै आएका ३० वर्षीय सुमन राना मगरले घरायसी विवादका कारण ३२ वर्षीया श्रीमती सपना राना मगरमाथि कुटपिट गरेका थिए। कुटपिटका कारण सपनाको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार मृतक र नियन्त्रणमा रहेका श्रीमान्‌को स्थायी घर स्याङ्जाको चापाकोट गाउँपालिका–६ हो।

घटनालगत्तै कुटपिटमा संलग्न श्रीमान् सुमन राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। घरको सिलिङमा रहेको वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीरबहादुर थारुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मौरीले टोकेपछि बेहोस भएका थारुको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार कात्तिक २४ गते दिउँसो करिब १ बजे मौरीले टोकेपछि उनलाई उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, ...
। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री यादवले कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मत लिने जानकारी दिए । त्यसका लागि प्रदेशसभा बैठक बोलाउन प्रदेशसभा ...
: कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२, शुक्लाफाँटा आरक्ष जंगलस्थित सडकखण्डमा अटो र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र.०२–००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भि.न.पा. ००१ ह ५२२ नम्बरको अटो आपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो। दुर्घटनामा अटो ...
। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- बेल्खुमा गएराति दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१-००६ ख ८४१८ नम्बरको दूध ट्याङ्करले पैदल हिँडिरहेका गजुरी गाउँपालिका–६ का ५५ वर्षीय जितबहादुर श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले ट्याङ्कर र चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–४ का ३३ वर्षीय मदनबहादुर ...
। कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका-१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले आक्रमण गर्दा उनको गएराति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।