मुख्य समाचार
अटो र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकसहित सात जना घाइते
अटो र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकसहित सात जना घाइते

: कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२, शुक्लाफाँटा आरक्ष जंगलस्थित सडकखण्डमा अटो र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र.०२–००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भि.न.पा. ००१ ह ५२२ नम्बरको अटो आपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो।

दुर्घटनामा अटो चालक, अटोमा सवार यात्रु तथा स्कुटर चालक र उनका छोरा गरी सात जना घाइते भएका हुन्। घाइते हुनेहरुमा स्कुटर चालक बेलडाँडी गाउँपालिका–२ का ४० वर्षीय दिनेश खाती , उनका छोरा ६ वर्षीय अथर्क खाती, बेलडाँडी गाउँपालिका–१ सिद्धचोकका ४५ वर्षीय अटो चालक ललित सिँह ठकुराठी, अटो चालकका छोरा १८ वर्षीय हिक्मत ठकुराठी, सोही ठाउँकी ३६ वर्षीया सुशिला ठकुराठी, उनकी छोरी १६ वर्षीया आशिका ठकुराठी र सोही ठाउँका २५ वर्षीया शोभा डाँगा रहेका छन्।

उनीहरुमध्ये अटो चालक र स्कुटर चालकका छोराको अवस्था गम्भीर रहेको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। बुधबार बिहान ८ः३० बजे त्रिचोकस्थित रामजी ढकालको घरमा डेरा गरी बस्दै आएका ३० वर्षीय सुमन राना मगरले घरायसी विवादका कारण ३२ वर्षीया श्रीमती सपना राना मगरमाथि कुटपिट गरेका थिए। कुटपिटका कारण सपनाको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार मृतक र नियन्त्रणमा रहेका श्रीमान्‌को स्थायी घर ...
। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- बेल्खुमा गएराति दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१-००६ ख ८४१८ नम्बरको दूध ट्याङ्करले पैदल हिँडिरहेका गजुरी गाउँपालिका–६ का ५५ वर्षीय जितबहादुर श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले ट्याङ्कर र चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–४ का ३३ वर्षीय मदनबहादुर ...
। कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका-१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले आक्रमण गर्दा उनको गएराति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
। चितवनका विभिन्न स्थानबाट कौडा खेलिरहेका १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति भरतपुर महानगरपालिका वडा नं. २७ धरमपुरबाट ७ जना ब्यक्तिलाई १६ थान कौडा र १ लाख ३३ हजार रकमसहित नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिइ गएको प्रहरीले विषेश सूचनाका आधारमा ...
। गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा विकृत गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार फेसबुकमार्फत उनले मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच आउने गरी देउसी–भैलो खेल्ने क्रममा हुने अमर्यादित क्रियाकलापलाई कानुनबमोजिम कडाइका साथ नियन्त्रण गरिने बताएका हुन् । गृहमन्त्री गुरुङले यस्ता गतिविधिप्रति गृह मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै त्यस्ता क्रियाकलाप देखिए ...