मुख्य समाचार
बुल्गेरियामा बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना
बुल्गेरियामा बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

। बुल्गेरियामा मंगलबार बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना भएको छ। राजधानी सोफियालाई ब्ल्याक सीको बन्दरगाह सहर बुर्गाससँग जोड्ने राजमार्गमा ८६ वटा गाडीहरू आपसमा ठोक्किएका छन्।

दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। दुर्घटनापछि राजमार्गलाई दुवैतर्फबाट बन्द गरिएको छ।

दुर्घटनाका कारण बुल्गेरियाकी राष्ट्रपति इलियाना योतोभाले पनि आफ्नो विदेश भ्रमण बीचमै छाडेकी छन्। उनी पेरिस पिस फोरममा सहभागी हुन फ्रान्सको पेरिस गएकी थिइन्, तर दुर्घटनाको खबर पाएलगत्तै उनले कार्यक्रम छाडेर बुल्गेरिया फर्कने निर्णय गरिन्।

पहिलो दुर्घटनापछि अर्को लेनमा पनि ठोक्किए गाडी


अधिकारीहरूका अनुसार पहिलो दुर्घटना राजमार्गको पूर्वतर्फ जाने लेनमा भएको थियो। बाक्लो हुस्सुका कारण चालकहरूले अगाडि चलिरहेका गाडीहरू देख्न सकेनन्, जसले गर्दा कैयौँ गाडी आपसमा ठोक्किए।

पहिलो दुर्घटना भएको केही बेरमै राजमार्गको अर्को लेनमा पनि गाडीहरू ठोक्किन पुगे। यो लेन राजधानी सोफियातर्फ जान्छ। यसका साथै, अर्कोतर्फ भएको दुर्घटना हेर्ने क्रममा केही चालकहरूको ध्यान सडकबाट हट्न पुग्यो र उनीहरू पनि दुर्घटनाको सिकार बने।

अधिकारीहरूका अनुसार गाडीहरूको तीव्र गतिका कारण पनि दुर्घटनाको जोखिम बढेको थियो। हाल राजमार्ग बन्द गरिएको छ भने क्षतिग्रस्त गाडी र भग्नावशेष हटाएपछि मात्र यसलाई पुनः खुला गरिनेछ।

फसेका मानिसलाई निकाल्न ब्यारियर काट्नुपर्‍यो

याम्बोल क्षेत्रका गभर्नर जर्जी चालाकोभले दुर्घटनापछि कैयौँ मानिस गाडीभित्रै फसेको बताए। उनीहरूलाई बाहिर निकाल्न उद्धार टोलीले सडकछेउमा लगाइएको ब्यारियरका केही भागहरू काट्नुपरेको थियो।

बाक्लो हुस्सु भएका कारण घाइतेहरूलाई अस्पताल पुर्‍याउन हेलिकप्टर पनि बोलाउन सकिएन। दुर्घटनाका क्रममा एउटा गाडीमा आगोसमेत लागेको थियो।

त्यहाँ उपस्थित एक व्यक्तिले आफ्नो ज्यानको पर्वाह नगरी आगो लागेको गाडीमा फसेका एक जनालाई सकुशल बाहिर निकालेका थिए।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन पनि मंगलबार बुल्गेरिया भ्रमणमा थिइन्। दुर्घटनाको खबर पाएपछि प्रधानमन्त्री रुमेन रादेव उनीसँगको भेटवार्ता नै छाडेर घटनास्थलतर्फ प्रस्थान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन् । यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको अवसरमा प्रधानमन्त्री शाहले आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । उनले जारी गरेको शुभकामना सन्देशमा पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी ...
: फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार साउदी अरबको राजधानी रियादमा विस्फोटका धेरै आवाज सुनिएका छन्। साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले रियादतर्फ प्रहार गरेको एउटा ब्यालिस्टिक क्षेप्यास्त्र आकाशमै नष्ट गरेको दाबी गरेको छ। सोही समयमा रियादमा विस्फोटका आवाज सुनिएका हुन्। एएफपीका पत्रकारहरूले मोबाइल फोनमा हवाई आक्रमणको जोखिमसम्बन्धी सतर्कता सन्देश प्राप्त गरेका थिए। उक्त सन्देशमा सर्वसाधारणलाई सुरक्षित ...
: अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा रक्षा मन्त्री पीट हेगसेथको पत्रकार सम्मेलन सुरु हुनुअघि पत्रकारहरूलाई व्यावसायिक व्यवहार गर्न चेतावनी दिइएको छ। पेन्टागनको ब्रिफिङ कक्षमा उपस्थित ६० देखि ७० जना पत्रकारलाई सैनिक पोसाकमा आएका एक अधिकारीले अनुशासनहीन व्यवहार गरे बाहिर निकाल्ने चेतावनी दिएका हुन्। अधिकारीले पत्रकारहरूको कुनै पनि व्यवहार आफूलाई अनुचित लागे उनीहरूलाई तत्काल कक्षबाट बाहिर पठाइने स्पष्ट ...
इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई वकिलसँग भेट्न अनुमति दिएको छ । अदालतले रावलपिण्डीस्थित अदियाला जेल प्रशासनलाई दुवैका वकिललाई आफ्ना पक्षसँग एक घण्टासम्म भेट गराउन निर्देशन दिएको हो । मुख्य न्यायाधीश सरफराज डोगरको नेतृत्वमा रहेको दुई सदस्यीय इजलासले १९ करोड पाउन्डको अल कादिर ट्रस्ट प्रकरणमा सुनाइएको सजायविरुद्ध दायर पुनरावेदनमाथि सुनुवाइ गर्दै ...
इरानका विदेशमन्त्री अब्बास अराघचीले सैन्य आक्रमण वा प्रतिबन्ध थप्दैमा युद्ध अन्त्य नहुने बताएका छन् । युद्ध अन्त्य गर्न सम्मानको भाषा प्रयोग गर्नुपर्ने उनको भनाइ छ । इरानको सरकारी समाचार संस्था इरनालाई दिएको अन्तर्वार्तामा अराघचीले अमेरिकालाई इरानका माग र सर्त पूरा गर्न आग्रह गरेका छन् । उनले इरानले प्रस्तुत गरेको दुईदिने योजनामा समावेश सर्तहरू अझै पनि वार्ताका ...