मुख्य समाचार
बसको ठक्करबाट एक वृद्धको मृत्यु
बसको ठक्करबाट एक वृद्धको मृत्यु

: कपिलवस्तुमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

हुलाकी सडकखण्डअन्तर्गत कपिलवस्तुको वर्गदामा तौलिहवाबाट बहादुरगञ्जतर्फ जाँदै गरेको लु १ ख ९७२६ नम्बरको बसले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगर निवासी ७७ वर्षीय लखन अहिरको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट गम्भीर घाइते भएका अहिरलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोरङको जहदा गाउँपालिकामा वैवाहिक सम्बन्ध बाहिरको प्रेम सम्बन्धले गम्भीर रूप लिँदा एक पुरुषको हत्या भएको छ। श्रीमतीको अर्कै पुरुषसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उत्पन्न विवादका कारण श्रीमतीले आफ्नै भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको हत्या आरोपमा प्रहरीले उनकी ३५ वर्षीया श्रीमती ...
: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताएका छन्। तिहार, नेपाल संवत् ११४५ (न्हूदँ)तथा छठ पर्वको अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले झुट र विध्वंसप्रति आपत्ति जनाएका हुन्। उनले समाजमा झुट बोल्ने, राष्ट्रिय सम्पत्तिमा आगो लगाउने र लुटपाट गर्ने जस्ता कार्यले विश्वभरि नै नेपाली जातिको बेइज्जत ...
: नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै पारदर्शितामाथि गम्भीर प्रश्न उठ्न थालेको बताए। उनले सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सरोकारवालासँगको संवाद अभावले मुलुकमा विचौलियाहरू हाबी हुने अवस्था सिर्जना भएको उल्लेख गरे। त्यस्तै उनले कार्यकारी र ...
: पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा शरीरमा आगोले पोलेर घाइते भएका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन्। स्थानीय बासिन्दाका अनुसार सोमबार बिहान करिब ८ बजे घरअगाडि पटाका पड्काउने क्रममा कुन्दनको छातीमा आगोले पोलेर गम्भीर घाइते भई बेहोस भएका थिए। उनलाई ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीए प्रस्थान गरेका छन्। सोमबार टर्किस एयरलाइन्सको उडानबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीएको कोप शिखर सम्मेलन हुने सहर आन्ताल्याका लागि प्रस्थान गरेका हुन्। शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको मुद्दालाई विभिन्न ...