मुख्य समाचार
३१औं सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीए प्रस्थान
३१औं सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीए प्रस्थान

: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीए प्रस्थान गरेका छन्।

सोमबार टर्किस एयरलाइन्सको उडानबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीएको कोप शिखर सम्मेलन हुने सहर आन्ताल्याका लागि प्रस्थान गरेका हुन्। शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको मुद्दालाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट पैरवी र प्रतिनिधित्व गर्ने कार्यतालिका रहेको छ।

टर्कीएको आन्ताल्यामा आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल सम्मेलनस्थल पुगिसकेका छन्।

अर्थमन्त्री डा. वाग्ले कात्तिक २९ गते आइतबार नेपाल फर्कने छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै पारदर्शितामाथि गम्भीर प्रश्न उठ्न थालेको बताए। उनले सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सरोकारवालासँगको संवाद अभावले मुलुकमा विचौलियाहरू हाबी हुने अवस्था सिर्जना भएको उल्लेख गरे। त्यस्तै उनले कार्यकारी र ...
: पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा शरीरमा आगोले पोलेर घाइते भएका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन्। स्थानीय बासिन्दाका अनुसार सोमबार बिहान करिब ८ बजे घरअगाडि पटाका पड्काउने क्रममा कुन्दनको छातीमा आगोले पोलेर गम्भीर घाइते भई बेहोस भएका थिए। उनलाई ...
: मोरङको मिक्लाजुङमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। दुर्घटनामा परेर ६५ वर्षीया महिला गम्भीर घाइते भएकी छन्। मिक्लाजुङ गाउँपालिका–६ शान्ति टोलमा सोमबार दिउँसो भएको दुर्घटनामा अटो सडकबाट अनियन्त्रित हुँदै दुईवटा घरमा ठोक्किएको थियो। मधुमल्ला–टाँडी सडकखण्डमा दिउँसो साढे ३ बजेतिर प्रदेश १–०२–००३ ह ६५७ नम्बरको अटो दुर्घटनामा परेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर ...
: लोक आस्थाको महापर्व छठ पूजामा सरिक हुदैं नेपाली सनाले छठी माईलाई यसवर्षपनि सलामी अर्पण गर्ने भको छ। छठ पर्वको मूख्य दिन कात्तिक २९ गते आइतबार सँझिया घाटेका दिन वीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित घडिअर्वा छठघाटमा पुगेर सेनाको टोलीले छठी मैया र सुर्य भगवानलाई सलामी अर्पण गर्ने भएको हो। यसअघि दसैंमा सप्तमीका दिन मात्रै सेनाले ...
: जेन्जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको इनरुवा नगरपालिका -९ बस्ने २० वर्षीय आकाश कुमार खत्बेलाई प्रहरीले निजकै घरबाट पक्राउ गरेको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए। उनले भने, 'सुनसरी जिल्ला अदालतको फैसलाले जबर्जस्ती करणी मुद्दामा १३ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएका खत्बे झुम्का कारागारमा ...