मुख्य समाचार
कारले स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार एक महिलाको मृत्यु
कारले स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार एक महिलाको मृत्यु

: काठमाडौं महानगरपालिका–३ स्थित बसुन्धरामा कारले स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दोलखा घर भई काठमाडौं महानगरपालिका–३ बस्दै आएकी २७ वर्षीया ङबुदि शेर्पा श्रेष्ठ रहेकी छन्।

नारायणगोपाल चोकबाट सामाखुसीतर्फ जाँदै गरेको बा.प्र. ०१–०२७ च ९७३६ नम्बरको कारले चक्रपथतर्फ आउँदै गरेको बा.प्र. ०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। कारको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठलाई तत्काल उपचारका लागि बसुन्धरास्थित ग्रिनसिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनापछि कार चालक बालुवाटार बस्ने ४२ वर्षीया शान्ताकुमारी तामाङलाई प्रहरीले कारसहित नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्सा प्रहरीले पटका नियन्त्रण अभियान सञ्चालन गर्दै तीन दिनको अवधिमा करिब साढे तीन लाख रुपैयाँ मूल्य बराबरका विभिन्न ११ प्रकारका पटका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले यही कात्तिक २१ गतेदेखि सुरु गरेको विशेष अभियानका क्रममा ठूलो परिमाणमा आतिशबाजीजन्य विस्फोटक पदार्थ नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ...
: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताएका छन्। तिहार पर्व, २०८३ को शुभकामना सन्देश दिँदै पौडेलले पर्वले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको बताएका हुन्। ‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो। हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाध्ने कार्य गर्दै आएको छ। यस्ता पर्वहरूमध्ये तिहार नेपालीहरूको ...
: प्रधानमन्त्री बालेन शाहले चाडपर्वहरूले रिसराग सबै भुलेर सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून् भन्ने कामना गरेका छन्। नेपाल संवत्को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको बताएका हुन्। ‘नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको यस पवित्र अवसरमा देश तथा विदेशमा ...
: सशस्त्र प्रहरी बलले झापाको भद्रपुर नगरपालिका–८ देवीबस्तीबाट २५ लाख ६३ हजार ४०० रुपैयाँ बराबरका भारतीय फूल बरामद गरी नष्ट गरेको छ। आइतबार दिउँसो १२ बजेतिर विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमाण्डमा खटिएको गस्ती टोलीले ११ हजार ३४२ थान सयपत्री फूलका माला र १२ बोरा कमलका फूल बरामद गरेको हो। बरामद फूलमध्ये सयपत्री ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देउसी भैलो गाउँदै वर्तमान सरकार पाँच वर्षसम्म टिकाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार देउसी–भैलो कार्यक्रमको अवसरमा आफ्नै निवासमा लामिछानेले देउसीको भाकामै सरकार पाँच वर्ष टिकाउने वाचा गरेका हुन्। उनले भने,‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने।’ देशमा पुनः आन्दोलन हुन सक्ने चर्चा भइरहेका बेला लामिछानेले देउसीकै भाकामा ...