मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहले चाडपर्वहरूले रिसराग सबै भुलेर सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून् भन्ने कामना
प्रधानमन्त्री बालेन शाहले चाडपर्वहरूले रिसराग सबै भुलेर सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून् भन्ने कामना

: प्रधानमन्त्री बालेन शाहले चाडपर्वहरूले रिसराग सबै भुलेर सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून् भन्ने कामना गरेका छन्। नेपाल संवत्को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको बताएका हुन्।

‘नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको यस पवित्र अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गर्नुभएको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान हो।’ प्रधानमन्त्री बालेनले भनेका छन्,‘आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्ह पूजा’ को मर्म अति गहिरो छ; ‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ। यो मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको छ, जुन हाम्रा लागि गौरवको विषय हो।’

उनले आजैका दिन भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको पौराणिक मान्यतासँगै, कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाइन्छ तथा हलो, फालीसहितका कृषि औजारहरूको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाइने उल्लेख गरेका छन्।

भैलोका मीठा भाका र देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव थप्ने उनको भनाई छ। ‘हिजो भैलोका मीठा भाका र आज देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव थप्ने गर्दछ। हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून्। सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना!’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताएका छन्। तिहार पर्व, २०८३ को शुभकामना सन्देश दिँदै पौडेलले पर्वले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको बताएका हुन्। ‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो। हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाध्ने कार्य गर्दै आएको छ। यस्ता पर्वहरूमध्ये तिहार नेपालीहरूको ...
: काठमाडौं महानगरपालिका–३ स्थित बसुन्धरामा कारले स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा घर भई काठमाडौं महानगरपालिका–३ बस्दै आएकी २७ वर्षीया ङबुदि शेर्पा श्रेष्ठ रहेकी छन्। नारायणगोपाल चोकबाट सामाखुसीतर्फ जाँदै गरेको बा.प्र. ०१–०२७ च ९७३६ नम्बरको कारले चक्रपथतर्फ आउँदै गरेको बा.प्र. ०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। कारको ठक्करबाट ...
: सशस्त्र प्रहरी बलले झापाको भद्रपुर नगरपालिका–८ देवीबस्तीबाट २५ लाख ६३ हजार ४०० रुपैयाँ बराबरका भारतीय फूल बरामद गरी नष्ट गरेको छ। आइतबार दिउँसो १२ बजेतिर विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमाण्डमा खटिएको गस्ती टोलीले ११ हजार ३४२ थान सयपत्री फूलका माला र १२ बोरा कमलका फूल बरामद गरेको हो। बरामद फूलमध्ये सयपत्री ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देउसी भैलो गाउँदै वर्तमान सरकार पाँच वर्षसम्म टिकाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार देउसी–भैलो कार्यक्रमको अवसरमा आफ्नै निवासमा लामिछानेले देउसीको भाकामै सरकार पाँच वर्ष टिकाउने वाचा गरेका हुन्। उनले भने,‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने।’ देशमा पुनः आन्दोलन हुन सक्ने चर्चा भइरहेका बेला लामिछानेले देउसीकै भाकामा ...
। यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन अहिले साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग (पिक लोड) १ हजार ८१३ मेगावाट पुगेको हो । उक्त समयमा देशभित्रको कुल विद्युत् उत्पादन २ हजार ४००.३० मेगावाट रहेको थियो । आन्तरिक ...