मुख्य समाचार
संगठन विस्तारका लागि नेताको निकटता भन्दा पनि जनतासँगको प्रत्यक्ष सरोकार र सक्रियता मुख्य भएको
संगठन विस्तारका लागि नेताको निकटता भन्दा पनि जनतासँगको प्रत्यक्ष सरोकार र सक्रियता मुख्य भएको

। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संगठन विस्तारका लागि नेताको निकटता भन्दा पनि जनतासँगको प्रत्यक्ष सरोकार र सक्रियता मुख्य भएको बताएका छन् ।

काठमाडौंमा आयोजित नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको १५ औं नियमित अधिवेशनलाई सम्बोधन गर्दै उनले राजधानी केन्द्रित राजनीति गर्ने र जिल्लाको ठेक्का लिने प्रवृत्तिले पार्टीलाई बलियो नबनाउने स्पष्ट पारे ।

नेता सिंहले संगठनको आधारस्तम्भ नै स्थानीय तहमा काम गर्ने कार्यकर्ता भएको उल्लेख गर्दै उनीहरूलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिए । साथै, उनले पार्टीको संगठनलाई थप चलायमान बनाउन कार्यकर्ताहरूलाई फिल्डमा खटिन आग्रह गरे ।

‘इतिहासको कुरा मात्र गरेर हुँदैन, वर्तमानका मुद्दामा पनि आफ्नो दृष्टिकोण स्पष्ट राखेर अघि बढ्नुपर्छ । सङ्गठनमा जिल्लामै बसेर निरन्तर काम गर्ने र आफ्नो क्षेत्रमा खटिने कार्यकर्तालाई प्राथमिकता दिनुपर्छ,’ उनले भने ।


आफ्नो प्रस्ट वक्ताको छविलाई कायम राख्दै नेता सिंहले कार्यकर्ताहरूलाई जनताको माझमा पुगेर काम गर्न निर्देशन दिए । उनका अनुसार संगठन बलियो बनाउने एकमात्र विकल्प भनेको जनतासँग भिज्नु र उनीहरूका समस्यामा साथ दिनु हो ।

‘राजधानीमा बसेर जिल्लाको सङ्गठन चलाउने होइन, सबैले आ–आफ्नो ठाउँमा जिम्मेवारी लिएर सङ्गठन निर्माणमा लाग्नुपर्छ । नेताको नजिक भएर मात्र हुँदैन, जनतामाझ पुगेर उनीहरूका भावना र आवश्यकता बुझ्नुपर्छ । जनता धेरै अगाडि बढिसकेका छन्, अब हामी पनि जनतामाझ अझ बढी भिजेर काम गरौं,’ उनले भने ।

पार्टीको सांगठनिक सुदृढीकरणका लागि स्थानीयस्तरमा खटिने निष्ठावान् कार्यकर्ताहरूलाई पार्टीको मूल प्रवाहमा स्थान दिइनुपर्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षा मन्त्रालयले विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु गरेको छ । शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो । शिक्षा विभाग (शैक्षिक सूचना व्यवस्थापन शाखा) ले सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्र पठाउँदै सामुदायिक विद्यालयहरूले चर्चेको सम्पूर्ण जग्गाको विवरण अद्यावधिक गरी एकीकृत शैक्षिक सूचना ...
। कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ गतेदेखि सञ्चालन हुने भएका छन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार मंसिर ८ गतेबाट ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुष/महिला क्रिकेट, पुरुष फुटबल, पुरुष/महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडी छन् । दशौं खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको ...
। नेपाली कांग्रेसको देउवा समूहका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नै पार्टीको आधिकारिक सभापति रहेको दाबी गरेका छन् । देउवा समूहले शनिबार आयोजना गरेको काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले देउवा नै पार्टीको आधिकारिक सभापति रहेको दाबी गरेका हुन् । देउवाले राजीनामा नदिएको अवस्थामा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने र कार्यसमिति नै ...
। नेपाली कांग्रेसको देउवा समूहका नेता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियाबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् । देउवा समूहले शनिबार आयोजना गरेको काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन समारोहमा उनले पुनरावलोकन प्रक्रियाबाट न्याय पाइने विश्वास व्यक्त गरेका हुन् । सर्वोच्च अदालतले यसअघिको निर्णयमा कमीकमजोरी र त्रुटि रहेको स्वीकार गरेर पुनरावलोकनका लागि अनुमति दिएकाले देउवा समूहले ...
। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो २:१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका ...