मुख्य समाचार
मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र लुकाएर ल्याइएको १२९ बोतल प्रतिबन्धित लागुऔषध कोरेक्स बरामद
मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र लुकाएर ल्याइएको १२९ बोतल प्रतिबन्धित लागुऔषध कोरेक्स बरामद

। सर्लाहीमा सशस्त्र प्रहरीले मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र लुकाएर ल्याइएको १२९ बोतल प्रतिबन्धित लागुऔषध कोरेक्स बरामद गरेको छ ।

ब्रह्मपुरी गाउँपालिका–४ स्थित त्रिभुवननगरमा सहायक सीमा स्तम्भ नम्बर ३२४÷३ नजिक दशगजा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले उक्त लागुऔषध बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल, बीओपी त्रिभुवननगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक बलदेव राज पाण्डेको कमान्डमा खटिएको चार सदस्यीय मोटरसाइकल गस्ती टोलीले शुक्रबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०१ एफभी ३३३१ नम्बरको मोटरसाइकललाई रोक्ने प्रयास गरेको थियो ।

प्रहरीलाई देखेपछि चालकले मोटरसाइकल खोला किनारमा छाडेर भारततर्फ फरार भएका थिए । त्यसपछि मोटरसाइकल नियन्त्रणमा लिएर जाँच गर्दा पेट्रोल ट्याङ्कीभित्र लुकाएर राखिएका १०० एमएलका १२९ बोतल कोरेक्स फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद मोटरसाइकल र लागुऔषध आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुपन्देहीमा प्रहरीले ७ लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद गरेको छ । आइतबार बिहान करिब ६ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनाबाट इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा ल्याउँदै गरेको मोबाइल सामग्री नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार यूपी ५५ एएन ०८३० नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ल्याउँदै गरेको १ हजार ३१ ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले विगतका वर्षमा भएको सुशासन र विकासका क्षेत्रमा केहि पनि काम भएन भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी भएको टिप्पणी गरे । प्रचण्डले आफ्नो नेतृत्वको सरकारलाई भ्रष्टाचारका ...
। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय स्पर्स अर्याल र विराटनगर महानगरपालिका–२ का २८ वर्षीय सास्वत पोखरेल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । कोशी लोकमार्गमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत ...
। कात्तिकः उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरू बेँसी झर्न थालेका छन् । कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हुने भएपछि भेडीगोठलाई बेँसीतर्फ सारिएका हुन् । बूढीनन्दा नगरपालिका–९ का भेडापालक किसान सुमन थापाले अत्यधिक चिसो बढ्न थालेपछि आमाबुबा, श्रीमती र छोराछोरीसहित बेँसी झरेको बताए । उनले साँफे—मार्तडी ...
। सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गोकर्ण डाँगीले आफ्नो १० वर्षे उच्च अदालतको कार्यकालमा कुनै पनि दलको पक्षमा लागेर फैसला नगरेको दाबी गरेका छन् । उनले न्यायाधीशले बाह्य प्रभावमा पर्न नहुने र राजनीतिक दलको पक्षधरता राखेर न्याय सम्पादन गर्न नहुने बताए । संसदीय सुनुवाइका क्रममा सांसद पद्मा अर्यालले बाह्य प्रभाव र दलीय गुटबन्दीबाट न्यायाधीश कसरी मुक्त रहन सक्छन् ...