मुख्य समाचार
एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार
एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार

। ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ३४.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान अयान मिसबाहले अविजित रहेर ७५ रन बनाए । यायिन राइले ३२ तथा अहमद खुदादले २४ रन बनाए ।
नेपालका लागि सुशील रावल, कप्तान बिपिन शर्मा र निरज पटेलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो ।


नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए । सचिन भट्टले ३२, दर्श सोनार र निरज यादवले १६, आशिष लुहारले ११ रन बनाए ।

यूएईका लागि नसीम खानले ५ विकेट लिए भने अयान मिसबाहले ३ विकेट र नूरउल्लाह अयोबीले २ विकेट लिए ।

नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानसँग खेल्नेछ ।

लगातार दुई हार बेहोरेको नेपालको सेमिफाइनल सम्भावना भने लगभग समाप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १०औं राष्ट्रिय खेलकुदमा सूदूरपश्चिम प्रदेशबाट ७४४ खेलाडी सहभागी हुने भएका छन् । १०औं खेलकुदमा सूदुरपश्चिमले ३० खेलमा प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले जानकारी दिए । उनका अनुसार प्रदेश छनोट प्रतियोगिता कात्तिक २८ देखि मंसिर १ गतेसम्म हुनेछ । साइक्लिङ, टेनिस, पौडी, सेपाकताक्रो र हक्कीमा छनोटविनै खेलाडीहरुले १०औं खेल्नेछन् । बाँकी खेलमा भने छनोट ...
: आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिकाअनुसार घरेलु टोली नेपालले प्रतियोगिताको उद्घाटन खेलमा इटालीसँग प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म नेपालमा आयोजना हुँदैछ। जसमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपालले डिसेम्बर ४ मा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ...
: सन्धिखर्क नगरपालिकाको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। मंसिर १० गतेदेखि सञ्चालन हुने प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाका टिमले सहभागिता जनाउने भएका छन्। सन्धिखर्क नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले प्रतियोगिता अर्घाखाँचीमा हालसम्मकै सर्वाधिक पुरस्कार राशि भएको भलिबल प्रतियोगिताका रूपमा आयोजना गर्न लागिएको जानकारी दिएका छन्। प्रतियोगितामा प्रथम हुने ...
: नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १६औं खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ३९ रनको जित दर्ता गरेको छ। ४ अंक लिएर छैटौं स्थानमा रहेको सुदूरपश्चिम रोयल्स तेस्रो जितको साथमा ६ अंक लिएर दोस्रो स्थानमा उक्लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ६ विकेटको क्षतीमा १७६ रन बनाएको थियो। सूदूरपश्चिमले ...
: पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो यात्रा टुंग्याउने निर्णय सार्वजनिक गरेका हुन्। सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले देशका लागि २३४ खेल खेल्दै कीर्तिमानी १४६ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने ...