मुख्य समाचार
प्रकाशशरण महतले सर्वोच्च अदालतको पुनरावलोकनमार्फत आफूहरूले नै पार्टीको आधिकारिकता पाउने दाबी
प्रकाशशरण महतले सर्वोच्च अदालतको पुनरावलोकनमार्फत आफूहरूले नै पार्टीको आधिकारिकता पाउने दाबी

: नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतको पुनरावलोकनमार्फत आफूहरूले नै पार्टीको आधिकारिकता पाउने दाबी गरेका छन्।

शनिबार कांग्रेस देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महतले कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई आफूहरूले बोकिरहेको बताए। उनले नेपाली कांग्रेसको आत्मा शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा नै रहेको टिप्पणी गरे। ‘यो देशमा न्याय मरेको छैन भने, सर्वोच्च अदालतको रिभ्युमार्फत हामीले नै आधिकारिकता पाउँछौँ, महतले भने।

नेता महतले गगनकुमार थापा नेतृत्वको कांग्रेसले प्रजातान्त्रिक समाजवादी विचार छाडेको आरोपसमेत लगाए। थापाले कांग्रेसको संस्कारसमेत त्यागेको र व्यक्तिवादी बाटोमा हिँडिरहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दान बहादुर कार्कीलाई सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले कार्कीलाई पदबाट हटाएर सरकारले अन्याय गरेको भन्दै सर्वोच्चले न्याय दिने बताएका हुन्। आन्दोलनको तयारीका विषयमा पत्रकारको प्रश्नमा प्रचण्डले अहिले राष्ट्रिय जागरण अभियान चलिरहेको र त्यो ...
: नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. शशांक कोइरालाले गगनकुमार थापालाई जति गाली गर्‍यो, त्यति नै उनको महत्व बढ्ने बताएका छन्। शनिबार देउवा समूहको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा कोइरालाले थापाको विषयमा धेरै चर्चा नगर्न देउवा समूहका नेताहरूलाई आग्रह गरेका हुन्। ‘जति गगन थापाको कुरा गर्‍यो, त्यति नै उनको महत्व बढ्छ, त्यसैले कुरै नगरौं,’ ...
: सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले जनताले वास्तवमै न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशहरूको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन्। शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीश डाँगीले न्याय मरेको अनुभूति हुन नदिन र जनताले वास्तवमै न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशहरूको भूमिका निष्पक्ष हुनुपर्ने बताएका हुन्। अदालतमा भ्रष्टाचार र बिचौलियाको ...
: सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीमा शनिबार दिउँसो अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१-००१ स ८१४० नम्बरको अटो दिउँसो १:३० बजे अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खस्दा ६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा मकवानपुर बागमती ...
: गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति पाउने भएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित बालबालिकाको विद्यालय तहदेखि उच्च शिक्षासम्मको अध्ययन निःशुल्क गर्ने गरी प्रक्रिया अघि बढाएको हो । मन्त्रीस्तरीय निर्णयअनुसार पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ । त्यसपछि थप ...