मुख्य समाचार
प्रचण्डले अहिले ३५ वर्षसम्म केही भएन भन्ने विवेकहीन र अराजक निरंकुश प्रवृत्ति राज्यमा अहिले हाबी भएको बताए
प्रचण्डले अहिले ३५ वर्षसम्म केही भएन भन्ने विवेकहीन र अराजक निरंकुश प्रवृत्ति राज्यमा अहिले हाबी भएको बताए

: पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले ३५ वर्षसम्म केही भएन भन्ने विवेकहीन र अराजक निरंकुश प्रवृत्ति राज्यमा अहिले हाबी भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेसम्म यो भएको विकासलाई केही पनि होइन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका हुन्।

‘यो भएको विकासलाई केही पनि होइन। केही पनि भएन ३५ वर्षसम्म भन्ने विवेकहीन र अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी छ अहिले।’ नेकपाका संयोजक प्रचण्डले व्यङ्ग्य गर्दै भने, ‘तपाईंहरुले ध्यान दिनुभएको होला, सरकारको कामकारबाही हेर्दा त्यो हिन्दी जासुसी फिल्ममा हुँदै नभएको काम देखाउँछ नि, त्यस्तै छ सरकारको काम कारबाही।’

उनले गणतन्त्र आएपछि शिक्षामा व्यापक सुधार भएको बताए। उनले भ्रष्टाचार र सुशासनको पक्षमा चलाउँदा आफू नेतृत्वको सरकारलाई अपदस्त हुनुपरेको बताए। उनले नेपालमा भ्रष्टाचारी र बिचौलिया बलिया रहेको आरोप लगाए। उनले भने,‘हामीभन्दा, भ्रष्टाचारको विरुद्ध लड्नेभन्दा भ्रष्टाचारी बलिया रहेछन् नेपालमा । बिचौलिया बलिया रहेछन् नेपालमा। हामीले हार्‍यौं, तिनिहरुले जिते।’

सामाजिक न्यायको पक्षमा काम गर्न सुरु गरेबापत, समृद्धिको इमान्दार प्रयास गरेबापत यस्तो स्थिति बनेको उनको भनाई छ। उनले भने, ‘सामाजिक न्यायको पक्षमा काम गर्न सुरु गरेबापत, समृद्धिको इमान्दार प्रयास गरेबापत यस्तो स्थिति बनेको छ। जसरी हामीलाई अपदस्त गर्न खोजिएको छ। देश दुर्घटनामा जाने निश्चित छ भनेर खबरदारी गर्दा गर्दै गइगयो। राष्ट्र नै के हुने भन्ने स्थिति छ अहिले। सरकार कसरी चल्छ भन्ने मात्र होइन।’

प्रचण्डले बलिदान र आन्दोलनबाट परिवर्तन जुन नेतृत्वले ल्यायो त्यसलाई मूल्याङ्कन गर्ने जिम्मा नेपालीको भनाई बताए। नयाँ राष्ट्रिय एकताको परिचय दिनुपर्ने बेला आएको प्रचण्डले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. शशांक कोइरालाले गगनकुमार थापालाई जति गाली गर्‍यो, त्यति नै उनको महत्व बढ्ने बताएका छन्। शनिबार देउवा समूहको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा कोइरालाले थापाको विषयमा धेरै चर्चा नगर्न देउवा समूहका नेताहरूलाई आग्रह गरेका हुन्। ‘जति गगन थापाको कुरा गर्‍यो, त्यति नै उनको महत्व बढ्छ, त्यसैले कुरै नगरौं,’ ...
: सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले जनताले वास्तवमै न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशहरूको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन्। शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीश डाँगीले न्याय मरेको अनुभूति हुन नदिन र जनताले वास्तवमै न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशहरूको भूमिका निष्पक्ष हुनुपर्ने बताएका हुन्। अदालतमा भ्रष्टाचार र बिचौलियाको ...
: सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीमा शनिबार दिउँसो अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१-००१ स ८१४० नम्बरको अटो दिउँसो १:३० बजे अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खस्दा ६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा मकवानपुर बागमती ...
: गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति पाउने भएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित बालबालिकाको विद्यालय तहदेखि उच्च शिक्षासम्मको अध्ययन निःशुल्क गर्ने गरी प्रक्रिया अघि बढाएको हो । मन्त्रीस्तरीय निर्णयअनुसार पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ । त्यसपछि थप ...
: सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–४, जिरो ड्यामस्थित एक घरमा छापा मारेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार राति करिब ११ः५० बजे प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको गोप्य सूचना प्राप्त भएपछि संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय ...