मुख्य समाचार
न्युजिल्यान्डको सन् २०२६ को आमनिर्वाचनको प्रारम्भिक मत परिणामअनुसार वर्तमान प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको नेसनल पार्टी संसद्मा सबैभन्दा ठूलो दल
न्युजिल्यान्डको सन् २०२६ को आमनिर्वाचनको प्रारम्भिक मत परिणामअनुसार वर्तमान प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको नेसनल पार्टी संसद्मा सबैभन्दा ठूलो दल

: न्युजिल्यान्डको सन् २०२६ को आमनिर्वाचनको प्रारम्भिक मत परिणामअनुसार वर्तमान प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको नेसनल पार्टी संसद्मा सबैभन्दा ठूलो दल बनेको छ। प्रारम्भिक मत परिणामले आगामी तीन वर्षका लागि लक्सन नै पुनः प्रधानमन्त्री बन्ने सम्भावना बलियो देखाएको छ।

अधिकांश मतदान केन्द्रको मतगणना सम्पन्न हुँदा नेसनल पार्टीले ४२ सिट प्राप्त गरेको छ भने लेबर पार्टी ३६ सिटसहित दोस्रो स्थानमा छ। पार्टीगत मत प्रतिशतमा भने दुवै दलले समान २९.३ प्रतिशत मत प्राप्त गरेका छन्।

प्रारम्भिक परिणामले नेसनललाई सरकार गठनको प्रतिस्पर्धामा अगाडि राखे पनि संसद्मा बहुमत पुर्‍याउन अन्य दलको समर्थन आवश्यक पर्नेछ। निर्वाचनको पछिल्लो विवरणअनुसार ग्रिन पार्टीले १६, एसीटीले १३, न्युजिल्यान्ड फस्र्टले १२, अपच्र्युनिटी पार्टीले ७ र ते पाटी माओरीले ५ सिट प्राप्त गरेका छन्। अन्य दलहरूले ०.८ प्रतिशत मत प्राप्त गरे पनि संसद्मा सिट जित्न सकेका छैनन्।

नेसनल र लेबरबीच पार्टीगत मत प्रतिशत समान देखिए पनि निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद र समानुपातिक सूचीबाट प्राप्त सिटको परिणामले नेसनललाई संसद्मा ७ सिटको अग्रता दिलाएको छ। तर, न्युजिल्यान्डको मिश्रित सदस्य समानुपातिक निर्वाचन प्रणाली (एमएमपी) अनुसार सरकार गठन गर्न संसद्मा बहुमतको समर्थन आवश्यक हुन्छ।

यसपटकको प्रारम्भिक परिणामअनुसार नेसनल पार्टी ४२ सिटमा सीमित रहेकाले एक्लै सरकार गठन गर्न सक्ने अवस्थामा छैन। बहुमतका लागि कम्तीमा ६६ सिट आवश्यक पर्ने भएकाले अन्य दलसँग सहकार्य वा गठबन्धन गर्नुपर्ने हुन्छ।

नेसनलसँग १३ सिट रहेको एसीटी र १२ सिट रहेको न्युजिल्यान्ड फस्र्टको समर्थनले सरकार गठनको गणितमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। यी दलहरूबीच नयाँ सरकार गठनका विषयमा सहकार्य हुनसक्ने आँकलन गरिएको छ। निर्वाचन परिणामपछि यी दलहरूबीच बन्ने राजनीतिक सहमतिले आगामी सरकारको स्वरूप निर्धारण गर्नेछ।

निर्वाचनको अर्को उल्लेखनीय परिणाम अपच्र्युनिटी पार्टीको संसद् प्रवेश हो। पार्टीले ६ प्रतिशत मत प्राप्त गर्दै ७ सिट जितेको छ। यसले संसद्मा नयाँ राजनीतिक शक्तिको प्रतिनिधित्व थप्ने भएको छ।

यसैबीच, मतगणना जारी रहँदा लेबर पार्टीका नेता क्रिस हिप्किन्सले प्रत्येक मतको महत्त्व रहेको भन्दै मतदातालाई धन्यवाद दिएका छन्। उनले निर्वाचनमा साथ दिने समर्थक, पार्टीका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै आगामी संसद्मा राजनीतिक दलहरूबीच सहकार्य र साझा सहमति आवश्यक पर्ने बताए। हिप्किन्सले निर्वाचन परिणामले आफ्नो पार्टीलाई दिएको सन्देश बुझ्न केही समय लाग्ने उल्लेख गर्दै आगामी दिनमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताए।

त्यस्तै, निर्वाचनबाट सबैभन्दा ठूलो दल बन्न सफल नेसनल पार्टीका नेता तथा प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आफ्नो पार्टी संसद्को सबैभन्दा ठूलो दल बनेकाले आगामी सरकार गठन गर्ने सम्भावना बलियो रहेको बताए।नतिजाप्रति प्रतिक्रिया दिँदै लक्सनले भने, ‘आज राति न्युजिल्यान्डका नागरिकले मतदान गरेका छन् र यो निर्वाचन मिश्रित सदस्य समानुपातिक प्रणाली (एमएमपी) को विशेष उदाहरणजस्तै बनेको छ।’

उनले नेसनल पार्टी संसद्मा सबैभन्दा ठूलो दलका रूपमा स्थापित हुनु सकारात्मक भएको बताउँदै आगामी सरकार गठनका लागि आफ्नो पार्टीसँग स्पष्ट सम्भावित बाटो रहेको उल्लेख गरे।

लक्सनका अनुसार निर्वाचन आयोगले नोभेम्बर २७ मा अन्तिम मत परिणाम सार्वजनिक गर्नेछ। त्यसअघिसम्म वर्तमान सरकार कामचलाउ हैसियतमा रहनेछ। अन्तिम मतगणना सम्पन्न भएपछि सरकार गठनका लागि राजनीतिक दलहरूबीच औपचारिक छलफल तथा गठबन्धन वार्ता सुरु हुनेछ।

उनले प्रतिस्पर्धात्मक निर्वाचनका लागि लेबर पार्टीका नेता क्रिस हिप्किन्सलाई धन्यवाद दिँदै पहिलोपटक संसद्मा प्रवेश गर्ने अवसर पाएको किउलाइवङको पार्टीलाई पनि बधाई दिए।न्युजिल्यान्डको निर्वाचन प्रणालीमा मतदाताले आफ्नो निर्वाचन क्षेत्रको उम्मेदवार र राजनीतिक दललाई छुट्टाछुट्टै मत दिने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: न्युजिल्याण्डमा आम निर्वाचनका लागि आज मतदान जारी रहेको छ। वर्तमान प्रधानमन्त्री क्रिस्टोफर लक्सनका सामु आफ्नो सत्ता टिकाउन ठूलो चुनौती देखिएको छ। निर्वाचनपूर्व गरिएका मतसर्वेक्षणहरूमा लक्सनको सेन्टर-राइट नेशनल पार्टीले स्पष्ट बहुमत पाउने सम्भावना न्यून देखिएको छ। देशमा बढ्दो महँगी, बेरोजगारी र सुस्त आर्थिक सुधारलाई लिएर जनस्तरमा सरकारप्रति तीव्र असन्तुष्टि देखिएको छ। मुख्य प्रतिस्पर्धा लक्सनको नेशनल पार्टी ...
: पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोको मुख्य बजार क्षेत्र ‘मेन मार्केट स्क्वायर’ मा शनिबार दिउँसो एक २४ वर्षीय युवकले गाडीबाट अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्। प्रहरीका अनुसार सैन्य पोसाक र अत्याधुनिक एआर-१५ राइफलले सुसज्जित ती आक्रमणकारीले पर्यटकीय आकर्षणको केन्द्र मानिने उक्त क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरी ...
: पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेना पक्राउ परेका छन् । शुक्रबार आफ्नै दलका केही सांसदसहितको समर्थनमा संसद्ले राष्ट्रपतिलाई पदबाट हटाउने पक्षमा मतदान गरेसँगै पेना पदमुक्त भएका थिए । त्यसको केही मिनेटलगत्तै उनलाई गिरफ्तार गरिएको हो। यो सम्पूर्ण घटनाक्रमको मुख्य कारण यसै हप्ताको सुरुमा ‘युनो बैंक’ बन्द भएपछि उत्पन्न संकटलाई मानिएको छ। पेना गत बिहीबार नै आफ्नो पदबाट ...
। युरोपका विभिन्न देशमा उडान गरिरहेका विमानमा बम राखिएको भन्दै धम्की आएपछि विहीबार एकैदिन २१ भन्दा बढी हवाई सेवा प्रभावित भएको छ । गत मंगलबार पनि यस्तै धम्कीका कारण युरोपका कम्तीमा २५ वटा उडान प्रभावित भएका थिए । पछिल्लोपटक आएको धम्कीका कारण केही विमानको उडान मार्ग परिवर्तन गरिएको छ भने केहीलाई आपत्कालीन अवतरण गराइएको छ । ...
इजरायलको अरब नेतृत्वका दलहरूको गठबन्धनले इजरायलमा नयाँ सरकार गठनका लागि विपक्षी नेता गादी आइजेनकोटलाई समर्थन गर्ने घोषणा गरेको छ । गठबन्धनले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति आइज्याक हर्जोगलाई बिहीबार साँझ आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी दिन सिफारिस गर्ने निर्णयबारे जानकारी गराउने जनाएको छ । गत साता सम्पन्न आम निर्वाचनमा अरब नेतृत्वका दलहरूले संसद्का १२० सिटमध्ये १९ सिट जितेका ...