मुख्य समाचार
२०८१ सालको बाढीले तहसनहस बनाएको बीपी राजमार्गको पुनःनिर्माणले गति
२०८१ सालको बाढीले तहसनहस बनाएको बीपी राजमार्गको पुनःनिर्माणले गति

: २०८१ सालको बाढीले तहसनहस बनाएको बीपी राजमार्गको पुनःनिर्माणले गति लिन थालेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सिन्धुलीतर्फको क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण सुरु गरेसँगै काभ्रेपलाञ्चोकतर्फका तीन खण्डमा पनि निर्माण कार्य तीव्र पारिएको छ।

चारवटै खण्डको पुनर्निर्माणलाई गति दिँदै आगामी वर्षायामअघि नै काभ्रेतर्फका सडकमा एक तह कालोपत्रे गर्ने तयारी गरिएको छ।डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार सिन्धुलीको बर्खेखोला–पिप्ले सडकखण्ड पुनर्निर्माणका लागि जाइकासँग २ अर्ब ६० करोड रुपैयाँमा सम्झौता भएको छ। जाइकाले हालै निर्माण कार्य सुरु गरेको कार्यालयले जानकारी दिएको छ।

काभ्रेपलाञ्चोकतर्फ पिप्लेदेखि भकुण्डेबेँसीसम्मको २२.६ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरी पुनर्निर्माण भइरहेको छ। उक्त सडकको समग्र भौतिक प्रगति हालसम्म ५२ प्रतिशत पुगेको कार्यालयले जनाएको छ।

तीनवटै खण्डको निर्माणका लागि छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको छ। पिप्लेदेखि डालाबेँसीसम्मको २.३ किलोमिटर सडक निर्माणको जिम्मा उमा एन्ड कम्पनी–भण्डारी जेभीले पाएको छ। ६८ करोड ८० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त खण्ड २०८४ कात्तिक २६ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

त्यसैगरी, डालाबेँसीदेखि चारसयबेँसीसम्मको ८.५ किलोमिटर सडक निर्माणको जिम्मा खानी–एवान–कमलजीत जेभीले पाएको छ। १ अर्ब ४२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त खण्डको काम २०८४ जेठ मसान्तसम्म सक्ने लक्ष्य छ। चारसयबेँशीदेखि भकुण्डेबेँसीसम्मको ११.८ किलोमिटर सडक निर्माणको जिम्मा लामा–नवकान्तिपुर जेभीले पाएको छ।

१ अर्ब ३३ करोड रुपैयाँ लागतको उक्त खण्ड २०८४ असार १७ गतेभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ। २०८१ असोज दोस्रो साता रोशी खोलामा आएको भीषण बाढीले काभ्रेको नमोबुद्धस्थित दाप्चाखोला पुलदेखि सिन्धुलीको नेपालथोकसम्मको करिब २९ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुर्‍याएको थियो। त्यसपछि सरकारले राजमार्गलाई दुई लेनको स्वरूपमा पुनर्निर्माण गर्ने योजना अघि बढाएको हो।

पुनःनिर्माणका क्रममा सडकको चौडाइ विस्तारसँगै पाँचवटा पुललाई दुई लेनमा स्तरोन्नति गर्ने र ६.३ किलोमिटर आरसीसी पर्खाल निर्माण गर्ने योजना छ।

सरकारले सम्पूर्ण पुनःनिर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ। त्यसमध्ये काभ्रेतर्फका तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीतर्फको खण्डका लागि एक अर्ब रुपैयाँ छुट्याइएको छ।

पुनर्निर्माण जारी रहे पनि हाल सडकबाटै सवारी आवागमन भइरहेको छ। साँघुरा तथा जोखिमपूर्ण स्थानमा डाइभर्सन निर्माण गरी दुईतर्फी यातायात सञ्चालन गरिएको कार्यालयले जनाएको छ। चौकीडाँडा र पिन्थलीमा भिरालो भूभागका कारण सडक मर्मत तथा व्यवस्थापन भइरहेको छ।

वर्षाका कारण लेदो वा पहिरो खसेर सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक उपकरण र निर्माण सामग्री तयारी अवस्थामा राखिएको कार्यालयले जनाएको छ। अवरोध भएमा आधादेखि केही घण्टाभित्रै सडक खुलाउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।

पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण मार्गका रूपमा रहेको बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न भएपछि यात्रा थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरु भएको १६० किलोमिटर लामो यो राजमार्ग २०७२ असार १८ गते नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले ३५ वर्षसम्म केही भएन भन्ने विवेकहीन र अराजक निरंकुश प्रवृत्ति राज्यमा अहिले हाबी भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेसम्म यो भएको विकासलाई केही पनि होइन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका हुन्। ‘यो भएको विकासलाई केही पनि होइन। केही पनि भएन ३५ वर्षसम्म भन्ने विवेकहीन ...
: सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–४, जिरो ड्यामस्थित एक घरमा छापा मारेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार राति करिब ११ः५० बजे प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको गोप्य सूचना प्राप्त भएपछि संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय ...
: सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायालयमा राजनीतिक प्रभाव पर्न नदिने बताएका छन्। शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा पाण्डेले अदालतमा आइसकेपछि राजनीतिलाई सधैं टाढै राख्नुपर्ने भन्दै राजनीतिक प्रभाव पर्न नदिने बताएका हुन्। न्यायाधीशले राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर, राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्ने उनको भनाइ छ। उनले पञ्चवर्षीय योजना ...
: सुनसरीको धरानमा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने पोटासियम नाइट्रेटजस्तो पदार्थसहित ३ जना पक्राउ परेका छन्। प्रहरीले धरान उपमहानगरपालिका–८ स्थित तीनकुने चेकिङ पोस्टमा मिनी ट्रक जाँच गर्ने क्रममा ४७ किलो ८७० ग्राम विस्फोटक पदार्थ बरामद गरेको छ। शुक्रबार इटहरीबाट धरानतर्फ आउँदै गरेको को.प्र.–०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा प्रहरीले भन्सार छली ल्याइएका सामानसँगै ...
: बाराको कोल्हबीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कोल्हबी नगरपालिका-२ का २८ वर्षीय अमित मोक्तान रहेका छन् । दुर्घटनालगतै मोक्तानलाई नारायणी अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार कोल्हबी-२ का २४ वर्षीय ...