मुख्य समाचार
विस्फोटक पदार्थ बनाउन प्रयोग हुने पोटासियम नाइट्रेटजस्तो पदार्थसहित ३ जना पक्राउ
विस्फोटक पदार्थ बनाउन प्रयोग हुने पोटासियम नाइट्रेटजस्तो पदार्थसहित ३ जना पक्राउ

: सुनसरीको धरानमा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने पोटासियम नाइट्रेटजस्तो पदार्थसहित ३ जना पक्राउ परेका छन्। प्रहरीले धरान उपमहानगरपालिका–८ स्थित तीनकुने चेकिङ पोस्टमा मिनी ट्रक जाँच गर्ने क्रममा ४७ किलो ८७० ग्राम विस्फोटक पदार्थ बरामद गरेको छ।

शुक्रबार इटहरीबाट धरानतर्फ आउँदै गरेको को.प्र.–०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा प्रहरीले भन्सार छली ल्याइएका सामानसँगै शंकास्पद विस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले विस्फोटक पदार्थ ओसारपसारमा संलग्न भएका मिनी ट्रकको चालक मोरङको विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीप कुमार शाह,मोरङको जहदा गाउँपालिका–१ का ४२ वर्षीय भुपेन्द्र राजवंशी र सोही स्थानका ४२ वर्षीय कात्तिक राजवंशीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी भीषणबाबू राईले बताए।

प्रहरीले जुटको बोराभित्र प्याकिङ गरिएको अवस्थामा उक्त विस्फोटक पदार्थ फेला पारेको जनाएको छ। प्रारम्भमा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सोडा (पोटासियम नाइट्रेट) जस्तो देखिएपछि परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशी, काठमाडौं पठाइएको थियो। प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा नमुनामा पोटासियम आयन र नाइट्रेट आयन फेला परेको उल्लेख छ। त्यसपछि उक्त घटनामा मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ७ अन्तर्गत विस्फोटक पदार्थसम्बन्धी कसुर आकर्षित हुने देखिएकाले प्रहरीले थप अनुसन्धान अघि बढाएको डीएसपी राईले बताए। प्रहरीले कात्तिक १० गते बरामद गरेको उक्त पदार्थ प्रहरीको प्रयोगशालामा परीक्षण गर्दा विस्फोटक पदार्थ भएको पुष्टि भएपछि शनिबार घटनाको वास्तविकता सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले ३५ वर्षसम्म केही भएन भन्ने विवेकहीन र अराजक निरंकुश प्रवृत्ति राज्यमा अहिले हाबी भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेसम्म यो भएको विकासलाई केही पनि होइन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका हुन्। ‘यो भएको विकासलाई केही पनि होइन। केही पनि भएन ३५ वर्षसम्म भन्ने विवेकहीन ...
: सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–४, जिरो ड्यामस्थित एक घरमा छापा मारेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार राति करिब ११ः५० बजे प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको गोप्य सूचना प्राप्त भएपछि संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय ...
: सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायालयमा राजनीतिक प्रभाव पर्न नदिने बताएका छन्। शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा पाण्डेले अदालतमा आइसकेपछि राजनीतिलाई सधैं टाढै राख्नुपर्ने भन्दै राजनीतिक प्रभाव पर्न नदिने बताएका हुन्। न्यायाधीशले राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर, राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्ने उनको भनाइ छ। उनले पञ्चवर्षीय योजना ...
: २०८१ सालको बाढीले तहसनहस बनाएको बीपी राजमार्गको पुनःनिर्माणले गति लिन थालेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सिन्धुलीतर्फको क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण सुरु गरेसँगै काभ्रेपलाञ्चोकतर्फका तीन खण्डमा पनि निर्माण कार्य तीव्र पारिएको छ। चारवटै खण्डको पुनर्निर्माणलाई गति दिँदै आगामी वर्षायामअघि नै काभ्रेतर्फका सडकमा एक तह कालोपत्रे गर्ने तयारी गरिएको छ।डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार सिन्धुलीको बर्खेखोला–पिप्ले ...
: बाराको कोल्हबीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कोल्हबी नगरपालिका-२ का २८ वर्षीय अमित मोक्तान रहेका छन् । दुर्घटनालगतै मोक्तानलाई नारायणी अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार कोल्हबी-२ का २४ वर्षीय ...