मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते

: बाराको कोल्हबीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कोल्हबी नगरपालिका-२ का २८ वर्षीय अमित मोक्तान रहेका छन् ।

दुर्घटनालगतै मोक्तानलाई नारायणी अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार कोल्हबी-२ का २४ वर्षीय मनिष तामाङ र २५ वर्षीय मनोज लामा घाइते भएका छन् । घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

तामागढी-कोल्हबी सडकखण्ड अन्तर्गत कोल्हबी-२ स्थित न्यौपाने टोलमा म।प्र।०३-०३३ प ४८६४ नम्बरको मोटरसाइकल दुर्घटना भएको बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आमाछोदिङमो गाउँपालिका–१ हाकुबेसी गाउँका १५६ घर उच्च जोखिममा परेकोले बस्ती अन्यत्र सार्न स्थानीयले माग गरेका छन् । स्थानीय अगुवा निमाकैसाङ तामाङका अनुसार बाढीका कारण गाउँ मुनिबाट नदीले काटेर हाकुबेसी गाउँ पुरै जोखिममा परेकोले बस्ती अन्यत्र सार्न प्रमुख जिल्ला अधिकारीमार्फत समुदायको लिखित माग गरिएको हो । त्यहाँ रहेको एक विद्यालय र प्रहरी चौकी पनि जोखिममा रहेका ...
: नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जोडदार माग गरेको छ। अध्यक्ष निर्मला शर्माको नेतृत्वमा महासंघका पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित टोलीले आज राष्ट्रपति भवन पुगेर राष्ट्रपति पौडेलसँग भेटघाट गर्दै ध्यानाकर्षण गराएको हो। भेटका क्रममा महासंघले अध्यादेशका प्रावधानहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न ...
: लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा ज्ञापनपत्र बुझाएको छ। छोइङ डोल्माको नागरिकता तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न माग गर्दै अभियानले शुक्रबार काठमाडौँ प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो। राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले ...
: नेपाली कांग्रेसकी महामन्त्री डिला सङ्ग्रौलाले सरकारले आफ्ना कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेसमाथि प्रहार गरिरहेको आरोप लगाएकी छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सरकारले कुनै प्रमाणबिना १८ करोडको डिल भएको भन्ने भाष्य खडा गरेर कांग्रेस सभापति गगनकुमार थापालाई बदनाम गराउन खोजेको उल्लेख गरिन्। आफ्ना काला कर्तुत लुकाउनकै लागि सरकारले थापालाई पक्रिने हल्ला फैलाएको उनको ...
: निर्वतमान नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। रिट केहीबेरअघि दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। सरकारले आफूलाई प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि अन्याय भएको दाबीसहित कार्कीले उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्। कार्कीले आफूलाई पदावधि ...