मुख्य समाचार
मेचीनगर नगरपालिका-५ सिर्जना चोकस्थित चिया बगानबाट ५५७ केजी अवैध गाँजा बरामद
मेचीनगर नगरपालिका-५ सिर्जना चोकस्थित चिया बगानबाट ५५७ केजी अवैध गाँजा बरामद

: मेचीनगर नगरपालिका-५ सिर्जना चोकस्थित चिया बगानबाट ५५७ केजी अवैध गाँजा बरामद गरिको छ । शुक्रबार बिहान स्थानीय टेकेन्द्र थापाको (हाल विदेशमा रहेको) व्यक्तिगत चिया बगानमा बेवारिसे अवस्थामा गाँजा राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिई खोजतलास गर्ने क्रममा १३ पोका गाँजा फेला परेको थियो ।

बरामद गाँजाको प्लास्टिकसहित तौल गर्दा ५६२ केजी ८०० ग्राम र प्लास्टिकबाहेक ५५७ केजी रहेको छ । उक्त गाँजा बरामद गरी आवश्यक मुचुल्का सम्पन्न गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निर्वतमान नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। रिट केहीबेरअघि दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। सरकारले आफूलाई प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि अन्याय भएको दाबीसहित कार्कीले उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्। कार्कीले आफूलाई पदावधि ...
: अर्घाखाँचीमाबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। शितगंगा नगरपालिका–२, भुवनपाटामा लु २ ख ३७२ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १६ जना यात्रु घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको हो। दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र बाँकीको अवस्था मध्यम ...
: राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति भवनमा भेटवार्ता गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। त्यसैगरी,तान्जानियाको अरुसामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव ...
: झापाका सीमा नाकाबाट अवैध रूपमा नेपाल भित्राइएको ठूलो मात्रामा बारुदजन्य पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले बरामद गरेको करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका पटाका शुक्रबार दिउँसो गणभित्रै नष्ट गरेको छ। बरामद गरिएका पटाका सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका गणपति ...
: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्रीज्ञानेन्द्र बहादुर कार्कीसहित ११ जनाविरुद्ध दायर भएको मुद्दामा सुनुवाइ जारी छ। विशेष अदालतका न्यायाधीश बासुदेव आचार्य,डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो। गत बैशाख २४ गते अख्तियार अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री कार्की,तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी र महेश्वर न्यौपाने,आयोजना निर्देशकलगायतविरुद्ध मुद्दा दायर ...