मुख्य समाचार
सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ३९ रनको जित दर्ता
सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ३९ रनको जित दर्ता

: नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १६औं खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ३९ रनको जित दर्ता गरेको छ।

४ अंक लिएर छैटौं स्थानमा रहेको सुदूरपश्चिम रोयल्स तेस्रो जितको साथमा ६ अंक लिएर दोस्रो स्थानमा उक्लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ६ विकेटको क्षतीमा १७६ रन बनाएको थियो।

सूदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १३७ रन मात्रै जोड्न सक्यो। कर्णाली याक्सका लागि आज पहिलो खेल खेलेका डेविड मिलरको एक्लो ब्याटिङ प्रयास कर्णालीको जितको लागि पर्याप्त भएन। डेविड मिलरले ५५ बलमा ५ चौका र ७ छक्कासहित ९३ रनमा अविजित रहे।

लक्ष्य पछ्याउने क्रममा कर्णाली पावरप्लेमा नै पछि परिसकेको थियो। कर्णालीका लागि चौथो क्रममा ब्याटिङमा आएका डेविड मिलर बाहेक कसैले पनि टिकेर रन बनाउन सकेनन्। पावरप्लेमा दुवै ओपनरलाई सस्तैमा गुमाएको कर्णालीका लागि दिपक प्रसाद डुम्रेले १८ रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिम रोयल्सका लागि बलिङतर्फ स्कट केग्गुलिनले सर्वाधिक २ विकेट लिँदा हेमन्त धामी, अनिल खरेल, दीपेन्द्र सिंह ऐरी, थारिन्दु रत्नायके र अभिनाश बोहोराले १-१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि ओपनर सैफ जैबले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। पहिलो विकेटको लागि सैफ जैब र विनोद भण्डारीसँग ६८ रनको साझेदारी बनाएका थिए।

सुदूरपश्चिम रोयल्सले पहिलो विकेटको रूपमा ओपनर ब्याटर विनोद भण्डारी रन आउट भए। विनोदले २२ बलमा समान २ चौका र २ छक्का प्रहार गरे । दोस्रो विकेटमा सैफको विकेट पतन भयो। तेस्रो विकेटको रुपमा कप्तान दिपेन्द्र सिंह ऐरी १० रन बनाएर स्टिम्पिङ भए। चौथो विकेटका रुपमा ब्रान्डन म्याकमुलेन २४ रनमा क्याच भए। पाँचौं विकेटको रुपमा इशान पाण्डे १३ बलमा ३ छक्कासहित २३ रन बनाएर क्याच भए। आरिफ शेखले ७ रनमा जीवनदान पाएका थिए। उनी ११ रनमा हुसैन तलातको बलमा आरिफूल इस्लामको हातमा क्याच भए।

थारिन्दु रत्नायके २२ र स्कट केग्गुलिन १३ रनमा अविजित रहेका थिए। कर्णाली याक्सको लागि मार्क वाटले २ विकेट लिँदा नन्दन यादव, हुसैन तलात, पवन सर्राफ र सूर्य तामाङले १-१ विकेट लिए।

यसअघि, कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो। तेस्रो खेलमा भने कर्णाली काठमाडौं गोर्खाजसाग ४ विकेटको हार बेहोरेको थियो।

सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा भने सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा विराटनगर किंग्ससाग ३५ रनको हार बेहोरेको हो। चौथो खेलमा चितवन राइनोजसँग ५ विकेटको जित दर्ता गरेको हो।

आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजले खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सन्धिखर्क नगरपालिकाको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। मंसिर १० गतेदेखि सञ्चालन हुने प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाका टिमले सहभागिता जनाउने भएका छन्। सन्धिखर्क नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले प्रतियोगिता अर्घाखाँचीमा हालसम्मकै सर्वाधिक पुरस्कार राशि भएको भलिबल प्रतियोगिताका रूपमा आयोजना गर्न लागिएको जानकारी दिएका छन्। प्रतियोगितामा प्रथम हुने ...
: पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो यात्रा टुंग्याउने निर्णय सार्वजनिक गरेका हुन्। सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले देशका लागि २३४ खेल खेल्दै कीर्तिमानी १४६ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने ...
। प्रधानमन्त्री वालेन्द्र शाहले नेपावको खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्नसकिन्छ भन्दै भारतीय विदेश सचिव विक्रम मिश्रीसँग चासो राखेका छन् । दुई दिने भ्रमणमा आएका मिश्रीसँग प्रधानमन्त्री बालेनले बिहीबार शिष्टाचार भेट गर्दै यस्तो चासो राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि प्रोटोकल नमिल्ने भन्दै कूटनीतिक भेटघाट अस्वीकार गर्दै आएका प्रधानमन्त्री शाहले अहिले नेपाल भ्रमणका आएका कूटनीतिक ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाउँदै पूरा गरेको हो । पहिलो खेलमा पराजित भएको काठमान्डुले लगातार दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडेको छ र अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ ...
: अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले महिला फुटबलको विकास र व्यावसायिकतालाई थप प्रोत्साहन गर्न महिला विश्वकपको पुरस्कार राशि दोब्बर बनाउने तयारी गरेको छ। सन् २०२७ मा ब्राजिलमा आयोजना हुने फिफा महिला विश्वकपका लागि पुरस्कार राशि २२ करोड अमेरिकी डलर पुर्‍याउने योजना फिफाले बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। फिफाको प्रस्ताव कार्यान्वयन भएमा आगामी महिला विश्वकपको पुरस्कार ...