मुख्य समाचार
बस दुर्घटना हुँदा १६ जना घाइते
बस दुर्घटना हुँदा १६ जना घाइते

: अर्घाखाँचीमाबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। शितगंगा नगरपालिका–२, भुवनपाटामा लु २ ख ३७२ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १६ जना यात्रु घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको हो। दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र बाँकीको अवस्था मध्यम रहेको छ। सुपा देउराली मन्दिर दर्शनका लागि सुनवलबाट आएको बस दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। ब्रेक फेल भएपछि अनियन्त्रित भएको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९१ प २३५९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिएपछि बस सडक छेउको भित्तामा ठोक्किएको थियो।

दुर्घटनामा घाइते भएका सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज, भैरहवा पठाइएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति भवनमा भेटवार्ता गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। त्यसैगरी,तान्जानियाको अरुसामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव ...
: झापाका सीमा नाकाबाट अवैध रूपमा नेपाल भित्राइएको ठूलो मात्रामा बारुदजन्य पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले बरामद गरेको करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका पटाका शुक्रबार दिउँसो गणभित्रै नष्ट गरेको छ। बरामद गरिएका पटाका सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका गणपति ...
: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्रीज्ञानेन्द्र बहादुर कार्कीसहित ११ जनाविरुद्ध दायर भएको मुद्दामा सुनुवाइ जारी छ। विशेष अदालतका न्यायाधीश बासुदेव आचार्य,डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो। गत बैशाख २४ गते अख्तियार अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री कार्की,तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी र महेश्वर न्यौपाने,आयोजना निर्देशकलगायतविरुद्ध मुद्दा दायर ...
: नेपालका लागि भारतीय राजदूत सुधाकर देलालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा नवनियुक्त राजदूत देलालले शुक्रबार राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। देलाल जिम्मेवारी सम्हाल्न गत मंगलबार काठमाडौं आइपुगेका थिए। त्यसलगत्तै भारतीय विदेश सचिव विक्रम मिश्रीको टोलीसँगै उनी उच्चस्तरीय राजनीतिक भेटवार्तामा सहभागी भएका थिए। यसैबीच आजै लाओसका गैरआवासीय राजदूत ...
: बुढानीलकण्ठ नगरपालिका र चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालबीच नगरवासीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा सहकार्य भएको छ। नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिक, नगरपालिकाको स्वास्थ्य चौकी तथा नगर अस्पतालबाट प्रेषण गरिएका बिरामी र नगरपालिकाअन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीलाई स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने गरी दुई पक्षबीच सम्झौता भएको हो। सम्झौताअनुसार अस्पतालले नगरपालिकाको सिफारिस वा स्वास्थ्य चौकी तथा ...