मुख्य समाचार
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा

। तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो ।

प्याकेज–२ को निर्माण चीनको सिनो हाइड्रो कर्पोरेसनमार्फत भइरहेको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचना निर्माणका लागि आवश्यक उत्खननकार्य सम्पन्न भइसकेको छ भने अधिकांश संरचनाको सिभिल निर्माण पूरा भएको छ ।

भूमिगत विद्युतगृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्टट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कङ्क्रिटिङलगायत प्रमुख संरचनामा उत्खनन तथा कङ्क्रिटिङको काम करिब सम्पन्न भएको छ । मुख्य सुरुङको कङ्क्रिट लाइनिङकार्य अन्तिम चरणमा पुगेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।

भूमिगत विद्युतगृहमा विद्युत् उत्पादनका लागि आवश्यक उपकरण जडानको काम अघि बढेको छ । विद्युतगृहमा जेनेरेटर, टर्बाइन, सिसीटिभी, ट्रान्सफर्मरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान तथा परीक्षण भइरहेको उनले बताए ।


त्यसैगरी, वातावरणीय बहावका लागि निर्माण गरिने विद्युतगृह र बाँध सञ्चालन भवनको निर्माण जारी रहेको छ । भूमिगत विद्युतगृह तथा सुरुङका अधिकांश सिभिल संरचना निर्माण सम्पन्न हुँदै गर्दा उपकरण जडान र परीक्षणलाई पनि सँगसँगै अघि बढाइएको आयोजनाले जनाएको छ ।

प्याकेज–२ अन्तर्गतका यी संरचना तथा उपकरण निर्माणको काम सम्पन्न भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। धनकुटा नगरपालिका-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा ट्रक र दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार हिलेबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश नं. १–०२–००२ ख ०४७४ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको को १० प ९६८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको ...
: घरायसी विवादलाई लिएर श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका बाराका एक पुरुषलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेमा फेटा गाउँपालिका-७ जोतपुर गमरियाका २८ वर्षीय अलियास अन्सारी रहेका छन्। अंसारीलाई वीरगन्ज महानगरपालिका-१६ स्थित एक होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अंसारीले मंगलबार बिहान जीपुरसिमरा उपमहानगरपालिका-२० कञ्चनपुरस्थित ससुराली पुगेर २५ वर्षीया श्रीमती ...
: संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको शुक्रबार र शनिबार संसदीय सुनुवाइ गर्ने भएको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका लागि समिति सचिवालयले तयार पारेको कार्यतालिका पारित गरेको हो। जसअनुसार शुक्रबार उजुरीकर्ताहरूसँग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिने समितिले जनाएको छ। त्यस्तै शनिबार ...
। तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण ...
: सरकारले पूर्वाधार क्षेत्रमा लगानीकर्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आयोजना गर्न लागिएको जनाएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न गरिएका कानुनी तथा नीतिगत सुधारबारे जानकारी गराएका छन्। उनले देशमा लगानीमैत्री वातावरण, लगानी सुरक्षा, श्रमिकहरूको सुरक्षा, बजारको ग्यारेन्टी, लगानी नडुब्ने ...