मुख्य समाचार
क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने
क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने

: पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्।

४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो यात्रा टुंग्याउने निर्णय सार्वजनिक गरेका हुन्।

सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले देशका लागि २३४ खेल खेल्दै कीर्तिमानी १४६ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने दुवै कीर्तिमान उनकै नाममा छन्।

‘पोर्चुगलका जनताका लागि राष्ट्रिय टोलीको सात नम्बर जर्सी फिर्ता गर्ने समय आएको छ,’ रोनाल्डोले इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा भनेका छन्, ‘२३ वर्षसम्म यो जर्सी लगाउने, यसको रक्षा गर्ने र विश्वभरका रंगशालामा यसलाई बोकेर हिँड्ने अवसर पाउनु मेरो लागि ठूलो सौभाग्य र जिम्मेवारी थियो।’

उनले आफ्नो निर्णय सहज नभएको उल्लेख गर्दै यो यात्रा सन् २००३ को अगस्टमा सुरु भएको र यसले आफ्नो जीवन नै परिवर्तन गरेको बताएका छन्।

यसअघि गत सेप्टेम्बरमा डेनमार्कविरुद्धको नेसन्स लिग खेलमा सुरुआती टोलीमा नराखिने जानकारी पाएपछि रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका थिए।

पोर्चुगलले आगामी नोभेम्बरमा नेसन्स लिगअन्तर्गत घरेलु मैदानमा डेनमार्क र अवे मैदानमा वेल्ससँग खेल्ने तालिका छ। ती खेलका लागि पोर्चुगलले शुक्रबार टोली घोषणा गर्ने तयारी गरेको छ।

रोनाल्डोको सन्यास घोषणापछि पोर्चुगल फुटबल महासंघले उनको योगदानको उचित सम्मानसहित बिदाइ गर्ने इच्छा व्यक्त गरेको छ।

महासंघले विज्ञप्ति जारी गर्दै रोनाल्डोको अतुलनीय फुटबल यात्राको सम्मानमा विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ। समर्थक र सम्पूर्ण देशले उनलाई फेरि एकपटक सम्मान र अभिनन्दन गर्न पाउनुपर्ने महासंघको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री वालेन्द्र शाहले नेपावको खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्नसकिन्छ भन्दै भारतीय विदेश सचिव विक्रम मिश्रीसँग चासो राखेका छन् । दुई दिने भ्रमणमा आएका मिश्रीसँग प्रधानमन्त्री बालेनले बिहीबार शिष्टाचार भेट गर्दै यस्तो चासो राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि प्रोटोकल नमिल्ने भन्दै कूटनीतिक भेटघाट अस्वीकार गर्दै आएका प्रधानमन्त्री शाहले अहिले नेपाल भ्रमणका आएका कूटनीतिक ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाउँदै पूरा गरेको हो । पहिलो खेलमा पराजित भएको काठमान्डुले लगातार दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडेको छ र अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ ...
: अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले महिला फुटबलको विकास र व्यावसायिकतालाई थप प्रोत्साहन गर्न महिला विश्वकपको पुरस्कार राशि दोब्बर बनाउने तयारी गरेको छ। सन् २०२७ मा ब्राजिलमा आयोजना हुने फिफा महिला विश्वकपका लागि पुरस्कार राशि २२ करोड अमेरिकी डलर पुर्‍याउने योजना फिफाले बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। फिफाको प्रस्ताव कार्यान्वयन भएमा आगामी महिला विश्वकपको पुरस्कार ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को १४ औं खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै लुम्बिनी लायन्सले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। लुम्बिनीले दिएको १५० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले ८ विकेटको क्षतीमा १३३ ...
। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार सातौं हार बेहोरे पनि ओमान शीर्ष चारमा रहँदै सन् २०२७ को विश्वकप छनोटमा सोझै प्रवेश गरेको छ । यूएईविरुद्ध बुधबार भएको अन्तिम खेलमा हार बेहोरे पनि आवश्यक रनको सीमा पार गरेर नेट रन रेटमा नामिबिया भन्दा अगाडि रहँदै ओमानले शीर्ष चारमा स्थान पक्का गरेको हो । लिग–२ को २०२४–२०२६ चक्रअन्तर्गत ...