मुख्य समाचार
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वास्तविक लगानीको वातावरण देखाउनका लागि नेपाल पूर्वाधार सम्मेलन निकै महत्वपूर्ण रहेको बताए
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वास्तविक लगानीको वातावरण देखाउनका लागि नेपाल पूर्वाधार सम्मेलन निकै महत्वपूर्ण रहेको बताए

: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वास्तविक लगानीको वातावरण देखाउनका लागि नेपाल पूर्वाधार सम्मेलन निकै महत्वपूर्ण रहेको बताएका छन्।

नेपाल पूर्वाधार सम्मेलनबारे जानकारी दिन बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री वाग्लेले सम्मेलन परिणाममुखी र नतिजामुखी हुनुपर्ने बताएका हुन्। उनले सरकारको २१ खर्बको बजेटले मात्रै केही नहुने भन्दै ७० खर्बको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताए। यसका लागि निजी क्षेत्रलाई पनि सरकारले सँगसँगै लिएर अघि बढ्ने उनको भनाइ छ। मन्त्री वाग्लेले पूर्वाधार सम्मेलनपछिको अवस्थालाई ध्यान दिएर सरकार अघि बढिरहेको जानकारी दिए।

त्यस्तै, कानुनमन्त्री सोविता गौतमले साउन १ गतेदेखि अहिलेसम्म ५४ भन्दा बढी विधेयकहरू मन्त्रिपरिषद्बाट स्वीकृत गरेर अघि बढिसकेको बताइन्। सम्मेलनअघि ५९ वटा कानुनहरू संशोधन गर्नुपर्ने परिस्थिति रहेको उनको भनाइ छ।

उनले लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न भएका कानुनी तथा नीतिगत व्यवस्थालाई सम्मेलनअघि अन्तिम रूप दिइने जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। धनकुटा नगरपालिका-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा ट्रक र दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार हिलेबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश नं. १–०२–००२ ख ०४७४ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको को १० प ९६८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको ...
: घरायसी विवादलाई लिएर श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका बाराका एक पुरुषलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेमा फेटा गाउँपालिका-७ जोतपुर गमरियाका २८ वर्षीय अलियास अन्सारी रहेका छन्। अंसारीलाई वीरगन्ज महानगरपालिका-१६ स्थित एक होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अंसारीले मंगलबार बिहान जीपुरसिमरा उपमहानगरपालिका-२० कञ्चनपुरस्थित ससुराली पुगेर २५ वर्षीया श्रीमती ...
। तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो । प्याकेज–२ को निर्माण चीनको सिनो हाइड्रो कर्पोरेसनमार्फत भइरहेको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत ...
: संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको शुक्रबार र शनिबार संसदीय सुनुवाइ गर्ने भएको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका लागि समिति सचिवालयले तयार पारेको कार्यतालिका पारित गरेको हो। जसअनुसार शुक्रबार उजुरीकर्ताहरूसँग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिने समितिले जनाएको छ। त्यस्तै शनिबार ...
। तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण ...