मुख्य समाचार
प्रधानमन्त्री वालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने बताए
प्रधानमन्त्री वालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने बताए

। प्रधानमन्त्री वालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने बताएका छन् ।

बिहीबार राति फेसबुकमा स्टाटस राख्दै उनले यस्तो बताएका हुन् ।

‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन,’ प्रधानमन्त्रीले अगाडि लेखेका छन्, ‘हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् !’

‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ,’ प्रधानमन्त्री बालेनले अगाडि लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: घरायसी विवादलाई लिएर श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका बाराका एक पुरुषलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेमा फेटा गाउँपालिका-७ जोतपुर गमरियाका २८ वर्षीय अलियास अन्सारी रहेका छन्। अंसारीलाई वीरगन्ज महानगरपालिका-१६ स्थित एक होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अंसारीले मंगलबार बिहान जीपुरसिमरा उपमहानगरपालिका-२० कञ्चनपुरस्थित ससुराली पुगेर २५ वर्षीया श्रीमती ...
। तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो । प्याकेज–२ को निर्माण चीनको सिनो हाइड्रो कर्पोरेसनमार्फत भइरहेको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत ...
: संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको शुक्रबार र शनिबार संसदीय सुनुवाइ गर्ने भएको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका लागि समिति सचिवालयले तयार पारेको कार्यतालिका पारित गरेको हो। जसअनुसार शुक्रबार उजुरीकर्ताहरूसँग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिने समितिले जनाएको छ। त्यस्तै शनिबार ...
। तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण ...
: सरकारले पूर्वाधार क्षेत्रमा लगानीकर्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आयोजना गर्न लागिएको जनाएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न गरिएका कानुनी तथा नीतिगत सुधारबारे जानकारी गराएका छन्। उनले देशमा लगानीमैत्री वातावरण, लगानी सुरक्षा, श्रमिकहरूको सुरक्षा, बजारको ग्यारेन्टी, लगानी नडुब्ने ...