मुख्य समाचार
शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ
शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ

: विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ।

प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरेको हो।

सत्यतथ्य अध्ययन गरी दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न आज बिहीबार मन्त्रीस्तरीय निर्णयबाट ५ सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको छ। मन्त्रालयका खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य रहेका छन् भने विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मीलाई सदस्य-सचिवको जिम्मेवारी दिइएको छ।

अनौपचारिक अध्ययनअनुसार इ-एमआईएस प्रणालीमा २ लाखभन्दा बढी विद्यार्थीका विवरणहरू दोहोरिएका छन्। यसरी प्रणालीमा देखिएको दोहोरो प्रविष्टिका आधारमा राज्य कोषबाट निकासा हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, पोषाक, पाठ्यापुस्तक तथा अन्य सेवा-सुविधाको दुरुपयोग भएको हुन सक्ने भन्दै मन्त्रालयले छानबिन अघि बढाएको शिक्षा तथा खेलकुद मन्त्रीले बताए।

'हामीले यस विषयलाई गम्भीरताका साथ हेरेका छौं। यसरी दोहोरो विवरण भरेर रकम दुरुपयोग भइरहेको देखिन्छ। अब यसबारे थप छानबिन गरेर दोषीलाई कारबाही हुन्छ,' मन्त्री पोखरेलले भने।

गठित समितिले इ-एमआईएस प्रणालीमा यति ठूलो संख्यामा विवरण दोहोरिनुको प्राविधिक कमजोरी वा नियतवश गरिएको बद्मासीबारे विस्तृत अध्ययन गर्नेछ। गलत तथ्याङ्क पेश गरेर राज्य कोषको दुरुपयोग गर्ने विद्यालय, व्यवस्थापक वा जिम्मेवार व्यक्तिलाई हदैसम्मको कारबाहीका लागि मन्त्रालय समक्ष सिफारिस गर्ने स्पष्ट कार्यादेश समितिलाई दिइएको छ।

प्रणालीमा रहेका दोहोरो र फर्जी विवरणहरू हटाएर इ-एमआईएसलाई पूर्ण रूपमा पारदर्शी, सुरक्षित र वास्तविक तथ्याङ्कमा आधारित बनाउन मन्त्रालयले यो कदम चालेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: घरायसी विवादलाई लिएर श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका बाराका एक पुरुषलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेमा फेटा गाउँपालिका-७ जोतपुर गमरियाका २८ वर्षीय अलियास अन्सारी रहेका छन्। अंसारीलाई वीरगन्ज महानगरपालिका-१६ स्थित एक होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अंसारीले मंगलबार बिहान जीपुरसिमरा उपमहानगरपालिका-२० कञ्चनपुरस्थित ससुराली पुगेर २५ वर्षीया श्रीमती ...
। तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो । प्याकेज–२ को निर्माण चीनको सिनो हाइड्रो कर्पोरेसनमार्फत भइरहेको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत ...
: संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको शुक्रबार र शनिबार संसदीय सुनुवाइ गर्ने भएको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका लागि समिति सचिवालयले तयार पारेको कार्यतालिका पारित गरेको हो। जसअनुसार शुक्रबार उजुरीकर्ताहरूसँग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिने समितिले जनाएको छ। त्यस्तै शनिबार ...
। तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण ...
: सरकारले पूर्वाधार क्षेत्रमा लगानीकर्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आयोजना गर्न लागिएको जनाएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न गरिएका कानुनी तथा नीतिगत सुधारबारे जानकारी गराएका छन्। उनले देशमा लगानीमैत्री वातावरण, लगानी सुरक्षा, श्रमिकहरूको सुरक्षा, बजारको ग्यारेन्टी, लगानी नडुब्ने ...